arrow

जनकपुरमा रामजानकी विवाह महोत्सव मनाइँदै, मधेस आन्दोलनले पर्व खल्लो

logo
प्रकाशित २०७२ पुष १ बुधबार
anki_Mandir.JPG.jpeg

धनुषा । जनकपुरको जनकपुरधाममा ऐतिहासिक रामजानकी विवाह महोत्सव विधिपूर्वक मनाइदैछ । प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमीका दिन मर्यादा पुरुषोत्तम भगवान श्रीराम र आदर्श नारी सीताबीच त्रेता युगमा भएको विवाहको स्मरण गर्दै विवाह पञ्चमी महोत्सव मनाउने परम्परा छ ।

सात दिने विवाह पञ्चमी महोत्सवको छैठौं दिन जनकपुरको जानकी मन्दिरमा वैदिक परम्परा अनुसार राम र सीताबीच विवाह हुनेछ । दिउँसो जनकपुरको जानकी मन्दिरबाट निस्केको सीताको डोली र राम मन्दिरबाट निस्केको रामको डोली रंगभूमि मैदानमा पुगी सीता स्वयम्वर कार्यक्रम हुनेछ । सो मूल समारोहमा राष्ट्र प्रमुख अर्थात राष्ट्रपति उपस्थित हुने परम्परा छ ।

जसका लागि राष्ट्रपति विद्यादेवी भण्डारी, नेपालका लागि भारतीय रजदूत रणजीत राय र प्रधान सेनापनि राजेन्द्र क्षेत्री जनकपुर आउने कार्यक्रम छ । विहान ११ बजे जनकपुर आउने कार्यक्रम रहेपनि मधेसी दलहरुको विरोधले भ्रमणलाई असर गर्ने सम्भावना छ । मधेस केन्द्रीत दलहरुको एकोहोरो पनले पर्व खल्लो हुने देखिएको छ ।

सदा झैं यस वर्ष पनि विवाह उत्सवमा भारतको अयोध्यासहित विभिन्न स्थानबाट हजारौं संख्यामा जन्ती आएका छन् । पवित्र सरोवर गंगासागर, धनुषसागरसहितका जलासयमा स्नान गरी राम मन्दिर र जानकी मन्दिरमा पूजापाठ गर्न श्रद्धालु भक्तजनको भीड लागेको छ ।

स्थानीय संघ संस्थाले हजारौं श्रद्धालुलाई निःशुल्क रुपमा आवास र भोजन उपलब्ध गराएका छन् । विवाह सकिएपछि विहिबार जानकी मन्दिरका महन्थ रामतपेश्वर दास बैष्णवले भारतको अयोध्याबाट आएका जन्तीलाई लत्ता कपडा, प्रसाद दिई विदाई गर्नेछन् । सात दिन सम्म मनाउने विवाह पन्चमीमा पाहुनालाई खुसीसाथ विदाई गर्ने परम्परा छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ