arrow

स्वास्थ्य शिविरबाट पाँच हजारले सेवा लिए

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ९ बुधबार
BIRATNAGAR-METRO-300x170.jpg
तस्बिर-फाइल

विराटनगर । विराटनगर महानगरपालिकाले सञ्चालन गरेको एकीकृत विशेषज्ञ स्वास्थ्य जाँच शिविरबाट पाँच हजार २२ जनाले सेवा लिएका छन् । महानगरले १९ वटै वडामा सञ्चालन गरेको स्वास्थ्य शिविरबाट उनीहरुले सेवा लिएका हुन् ।

हाडजोर्नीतर्फ आठ सय ६१, स्त्री तथा प्रसूतितर्फ ६ सय ७३, बालरोगतर्फ ६ सय ४६, मुख तथा दाँतको दुई सय ५१, छाला तथा यौनरोगतर्फ चार सय ३६, भिडियो एक्स-रेतर्फ एक हजार तीन सय ७२, इसिजी ६ सय ५६, पाठेघरको जाँच पाँच सय ७० तथा प्रयोगशाला सेवा एक हजार दुई सय ५२ जनाले लिएका छन् । 

महानगरको स्वास्थ्य महाशाखाका प्रमुख डा दिलीप यादवका अनुसार स्वास्थ्य शिविरमा सबैभन्दा बढी वडा नं १९ मा चार सय २२ जना र सबैभन्दा कम वडा नं १० मा एक सय १८ जनाले सेवा लिएको स्वास्थ्य शिविरका सम्पर्क व्यक्ति भोलानाथ तिम्सिनाले जानकारी दिए । 

महानगरपालिकाले स्वास्थ्य र शिक्षालाई उच्च प्राथमिकतामा राखेर कार्य गरिरहेको प्रमुख नागेश कोइरालाले बताए । 

विराटनगरलाई मोतियाविन्दुमुक्त महानगर बनाउने अभियानअन्तर्गत आँखा जाँचका लागि विभिन्न छवटा वडाको स्वास्थ्य केन्द्रलाई साप्ताहिक आँखा जाँच क्लिनिक तोकिएको समेत प्रमुख कोइरालाले जानकारी दिए ।

यसबाहेक १९ वटै वडामा विराटनगर आँखा अस्पतालसँगको सहकार्यमा निःशुल्क आँखा जाँच शिविर पनि सञ्चालन भइरहेको उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ