arrow

संसद्को गतिरोध अन्त्य गर्नेबारे छलफल

ओली गएनन् बुढानीलकण्ठ, प्रचण्ड र देउवाबीच के भयो कुराकानी ?

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १३ आइतबार
prachanda-deuba-niwas.jpg

काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेट भएको छ । आइतबार बिहान सभापति देउवाको निजी निवास बुढानीलकण्ठमा भेट भएको हो । सभापति देउवाको आग्रहमा प्रधानमन्त्री दाहाल बुढानीलकण्ठ पुगेको कांग्रेस सांसद जीवन परियारले बताए । उनले बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि बोलाइएको भए पनि प्रधानमन्त्री मात्रै बैठकमा सहभागी भएको बताए । 

भेटमा दाहाल र देउवाबीच वान टु वान वार्ता समेत भएको छ । वार्ताबारे कांग्रेस सभापति देउवाले अहिलेको गतिरोध अन्त्य गर्ने बारेमा नै छलफल भएको हुनुपर्ने सांसद परियारले बताए ।

भेटमा सहकारीको रकम अपचलनसम्बन्धी उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम नै किटान गरेर जानुपर्ने अडान कांग्रेसले राखेको छ ।  प्रधानमन्त्री सहकारी प्रकरणबारे छानबिन समिति गठन गर्न र अहिलेको गतिरोध हटाउन सकारात्मक देखिएको परियारले बताए । शीर्ष दलका नेताहरूको बैठक आइतबार साँझ वा सोमबार बिहान पुनः बसेर निष्कर्षमा पुग्ने बताए ।

उनले भने, ‘आज बिहान प्रधानमन्त्रीको निवासमा शीर्ष नेताहरूको बैठक गर्ने तय भएको थियो । आज ९ बजे बालुवाटारमा विपक्षी दलका नेता शेरबहादुर देउवा, सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल बसेर अहिलेको गतिरोधलाई अन्त्य गर्न छलफल गर्ने तय भएको थियो । पार्टी सभापतिको स्वास्थ्य अवस्थाका कारण यहाँ नै बस्न आग्रह गर्नुभएको थियो । बैठकमा प्रधानमन्त्री मात्रै आउनुभयो । उहाँहरूको छुट्टै बैठक भयो, जसमा हामी थिएनौँ । अहिलेको कार्यदलले निष्कर्षमा पुर्‍याउन नसकेको विषय विगत लामो समयदेखि हामीले संसद्मा उठाइरहेको विषय उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने संलग्न रहेको गोरखा मिडिया नेटवर्कको प्रबन्ध निर्देशक हुँदा विभिन्न सहकारीबाट रकमहरू गोरखा मिडिया नेटवर्कमा प्राप्त भएको र उक्त रकम अपचलन भएको भन्नेबारेमा नेपाली कांग्रेसले उठाइरहेको विषय हो संसद्मा । यो विषयमा छानबिन समिति बनाउने कुरा र कार्यदलमा सहमति जुट्न नसकेको अवस्थामा यसलाई कसरी टुङ्ग्याउन सकिन्छ भन्नेबारेमा प्रधानमन्त्रीजी गम्भीर रहेको हामीले पाएका छौँ । प्रधानमन्त्रीज्युले सम्भव भएसम्म यसलाई अझै छलफल गरेर आज बेलुका वा भोलि बिहानसम्म बसेर टुङ्ग्याउनेमा सरकारको भनाइ छ । यही अहिलेको गतिरोध अन्त्य गर्न केन्द्रित भयो होला भन्ने लाग्छ । अहिलेको स्थितिको अन्त्य गर्न प्रधानमन्त्रीले जोड दिनुभएको छ । नेपाली कांग्रेसले रवि लामिछानेको नाम नै राखेर छानबिन समिति बनाउनुपर्छ भन्ने अडान छ, उहाँहरूलाई हामीले यदि रवि लामिछानेको नाम नराख्दै गर्दा कस्तो किसिमको प्रस्ताव गर्नुहुन्छ सरकार पक्षले भनेर पर्खिरहेका हौँ । उहाँहरू यसमा ठिक ठाउँमा हुनुहुन्न । सरकार पक्ष छानबिन गर्ने ठाउँमा आउनुभएको छैन ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ