arrow

विद्युत प्राधिकरणको बक्यौता ४४ अर्ब नाघ्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १५ मंगलबार
Nepal-Electricity-Authority-Building.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको बक्यौता ४४ अर्ब नाघेको छ । आर्थिक वर्ष २०७९÷८० सम्म ४४ अर्ब ३० करोड रुपैयाँ बराबरको बक्यौता पुगेको महालेखा परीक्षक कार्यालयले जनाएको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा १०।४८ प्रतिशत बढी हो । 

यो बक्यौतामध्ये २१ अर्ब ८८ करोड रुपैयाँ बराबरको बक्यौता ट्रंक तथा डेडिकेटेड लाइनको बक्यौता देखाइएको छ । महालेखाले देखाएको यो वक्यौता बराबरको विद्युत् उपयोग नै नगरेको भन्दै उद्योगी व्यवसायीहरुले तिर्न अस्वीकार गर्दै आएका छन् । 

त्यस्तै, सडक बत्तिबाट ६ अर्ब २ करोड उठाउनुपर्ने देखिएकोमा १ अर्ब ७९ रुपैयाँ बराबरको बक्यौता काठमाडौं महानगरपालिकासँग मात्रै रहेको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ । सडक बत्तिबापतको रकम प्राधिकरणले दाबी गर्दै आए पनि स्थानीय तहले मिटर रिडिङको प्रमाण दिन चुनौती दिँदै आएका छन् । 

बक्यौता रकममध्ये झण्डै १६ अर्ब रुपैयाँ भने सर्वसाधारणबाटै उठाउन नसकेको महालेखाले जनाएको छ । ट्रंक तथा डेडिकेटेड लाइनको विद्युत् महशुल आवश्यक समन्वय गरी उठाउन महालेखाले निर्देशन दिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ