arrow

टुँडिखेलमा गणतन्त्र दिवस [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १५ मंगलबार
ganatantra-diwas-2081.jpg

काठमाडौं । काठमाडौंको टुँडिखेल सैनिक मञ्चमा गणतन्त्रको अवसरमा विशेष समारोह आयोजना गरियो । 

सो समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल लगायत विशिष्ट व्यक्तिहरूको सहभागिता थियो ।

नेपाली जनताको सङ्घर्ष, बलिदान र परिवर्तनसँग जोडिएको गणतन्त्र स्थापनाका अवसरमा विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन गरियो। सेनाको हेलिकप्टरबाट पुष्पा गुच्छा बर्षाउनका साथै सुरक्षा निकायले परेड गरेका थिए । 

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को सशस्त्र युद्ध र सात संसदीय राजनीतिक दलको शान्तिपूर्ण आन्दोलनको जगमा तत्कालीन राजा ज्ञानेन्द्र शाहले आफ्नो प्रत्यक्ष शासन सत्तालाई जनतालाई फिर्ता गर्दै २०६३ वैशाख ११ गते तत्कालीन संसद् पुनः स्थापना गरेका थिए भने त्यसपछि गठित सरकारबाट भएको संविधानसभाको निर्वाचनबाट निर्वाचित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते व्यवस्थापिका–संसद्बाट गणतन्त्र स्थापनाको घोषणा गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ