arrow

संसदीय दलका नेताको आधिकारिकतामा विवाद

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १७ बिहिबार
sudurpachhim-pradesh-sabha-farwestern-province.jpg

सुदूरपश्चिम।  सुदूरपश्चिम प्रदेशसभाको बैठकमा नागरिक उन्मुक्ति पार्टी (नाउपा)का प्रदेशसभा सदस्यहरुले आफ्नो पार्टीको संसदीय दलका नेताको आधिकारिताको विषय उठाउँदै बैठक बहिष्कार गरेका छन् ।

बुधबारको बैठक प्रारम्भ हुनासाथ आफ्नो स्थानबाट उठेर नाउपाका पाँच सदस्यले विरोध जनाएका थिए । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलेसमेत उक्त विरोधमा साथ दिएको थियो । 

सभामुख भीमबहादुर भण्डारीले समय दिएपछि बोलेका नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीले संसद्मा पार्टीका बहुमत सदस्यले छनोट गरेको संसदीय दलको नेतामा घनश्याम चौधरी रहेको र दलका नेताबाट पार्टीका नाममा प्रदेश सरकारमा मन्त्री भएकालाई फिर्ता हुन पठाइएको पत्र कार्यान्वयन नगरिएकामा विरोध गर । 

त्यसपछि प्रतिपक्षी नाउपा र नेपाली कांग्रेसका प्रदेशसभा सदस्यहरु नाराबाजी गर्दै बैठक कक्षबाट बाहिरिएका थिए । 

नाउपाभित्रको आन्तरिक किचलो अझै साम्य हुन सकेको छैन । पार्टीका अध्यक्ष रञ्जिता चौधरी श्रेष्ठ पक्षधर प्रदेशसभा सदस्य कैलाश चौधरी र टीका थापा प्रदेश सरकारमा मन्त्री छन् । पार्टीका संस्थापक संरक्षक रेशमलाल चौधरी पक्षधर पाँच सदस्य भने विपक्षी बेञ्चमा छन् । प्रदेशसभामा सो पार्टीबाट सात जना सदस्य छन् ।

 प्रतिपक्षी बेञ्चमा राप्रपाका एक सदस्य उपस्थित हुँदा सभामुख भण्डारीले बुधबारको बैठकको बाँकी कारबाही अगाडि बढाउए । बैठकमा आर्थिक मामिला मन्त्रीको तर्फबाट मुख्यमन्त्री दीर्घबहादुर सोडारीले सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को बजेटसँग सम्बन्धित विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक)माथि छलफल गरियोस् भनी प्रस्ताव पेस गरे । 

 छलफलमा शिवसिंह ओली, सुरेन्द्रबहादुर पाल, धर्मराज पाठक, वीरबहादुर थापा, नरेशकुमार शाहीले भाग लिएका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ