arrow

स्तरीय मैदान छैन मन्त्री श्रेष्ठ खेलाडीको आवास बनाउने आश्वासन दिँदै 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १७ बिहिबार
tu-birajbhakta-shrestha-par.jpg

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले कीर्तिपुर क्रिकेट मैदान आसपासमै खेलाडीहरुका लागि होस्टलको व्यवस्था गरिने बताएका छन् । 

बिहीबार कीर्तिपुर क्रिकेट मैदानको निरीक्षण एवं अवलोकनका लागि कीर्तिपुर पुगेका उनले अन्य देशहरुमा मुख्य मैदान आसपासमै खेलाडीहरुका लागि होस्टलको व्यवस्था गरिएको भन्दै नेपालले पनि सोही अनुभवबाट सिक्दै खेल मैदान आसपासको क्षेत्रमा नै खेलाडी आवास निर्माण गर्न होटल व्यवसायी संघ (हान) सँग आग्रह गर्ने बताए । 

यसले खेलाडीहरुलाई मैदानमा अभ्यास गर्न जान पनि सहज हुने उनको विश्वास छ । उनले फ्लड लाइट जडानको कुरा केही प्राविधिक र प्रशासनिक त्रुटिका कारण रोकिरहेको भन्दै आगामी आर्थिक वर्षका लागि २० करोड रुपैयाँ छुट्याइएको बताए । 

उनले संरचनालाई सुदृढीकरण गर्ने र अन्तर्राष्ट्रिय स्तरमा अन्य राष्ट्रलाई संरचना बनाउँदै प्रतिष्पर्धामा आउँदैछौँ भन्ने किसिमको सन्देश दिन लागेको बताए । 

उनले कीर्तिपुर क्रिकेट मैदानमा खानेपानी, शौचालयको समस्या समाधानका लागि पहल शुरु गर्ने पनि बताए । 

अहिलेसम्म स्तरीय मैदान नै बनाउन नसकेको अवस्थामा मन्त्री श्रेष्ठले भने खेलाडीलाई आवास बनाउने आश्वासन दिइरहेका छन् । 

क्यानका सचिव पारस खड्काले पूर्वाधारको कुरा गर्दा अबको ५ महिनासम्म नेपालमा अन्तर्राष्ट्रिय खेलहरु नरहेकाले क्रिकेट पूर्वाधार बनाउने काममा आफूहरु लागिसकेको बताए । 

उनले क्रिकेट पिचलाई व्यवस्थित गर्ने, मैदान पुग्ने दर्शकलाई छुट्याएर पुरुष र महिला शौचालय निर्माण गर्ने, भीआईपी क्षेत्रमा स्ट्रक्चर प्लान गर्ने सोच रहेको बताए । 

उनले स्कोर बोर्डको टेण्डर पास भएको र फ्लड लाइटको पनि ४५ दिनसम्ममा टेण्डर सकिएर काम शुरु हुने आशा रहेको बताए । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ