arrow

 किसानलाई भेडा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २१ सोमबार
bheda-baglung.jpg

जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिकाले किसानलाई भेडा वितरण गरेको छ । आर्थिक वर्ष २०८०/८१ को बजेटबाट कनकासुन्दरी –७ का १८  किसानलाई भेडा वितरण गरिएको कनकासुन्दरी गाउँपालिको पशुपन्छी विकास शाखाका प्रमुख लालबहादुर रावतले बताउए।  

कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको रु सात लाख, लाभग्राहीबाट रु चार लाख २० हजार र कनकासुन्दरीको रु दुई लाख ८० हजारको लागतमा भेडा खरिद गरिएको थियो ।  

गडुनानी साझेदारी भेडा पकेट समूहले ९० भेडा र दुई थुमा खरिद गरेर  किसानलाई वितरण गरिएको हो । उक्त समूहका २७ सदस्यमध्ये पहिलो पटकमा १८ किसानलाई भेडा वितरण गरिएको हो । 

जिल्ला अन्य स्थानीय तहभन्दा कनकासुन्दरीमा भेडापालनको उपयुुक्त ठाउँसमेत हो । पालिकामा भेडा पकेट कार्यक्रम रहेकाले यसभन्दा पहिलेका वर्षहरुमा पनि अन्य वडामा पनि भेडा वितरण गरेको गाउँपालिका अध्यक्ष दामोदर आचार्यको भनाइ छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ