arrow

देउवा फर्किएपछि प्रचण्ड, ओली र नेपालबीच छलफल [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २१ सोमबार
pmo-singadarbar.jpg

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच सिंहदरबारमा भेटवार्ता भएको छ । 

सोमबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा तीन नेताहरुबीच भेटवार्ता भएको हो । भेटवार्तामा पछिल्ला राजनीतिक, समसामयिक घटनाक्रमबारे छलफल भएको हो । 

बालुवाटारमा तीन शीर्ष राजनीतिक दलका नेताहरुबीच करिब तीन घण्टाको भेटपछि बालुवाटारमा अध्यक्ष नेपालसँग पनि भेट भएको हो । 

बालुवाटारमा प्रधानमन्त्री दाहाल, अध्यक्ष ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच भेट भएको थियो । 

देउवाले आफूलाई बजेटका विषयमा छलफल गर्न बोलाइएको होला भन्दै गएको तर संक्रमणकालीन मुद्दाका विषयमा विवादमा तान्न खोजिएको भन्दै बाहिरिएका थिए । 

लगत्तै सिंहदरबारमा प्रधानमन्त्री, ओली र नेपालबीच भेट भएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ