arrow

आगामी दिनमा जलवायुजन्य विपद्का घटनाहरूमा उल्लेख्य वृद्धि हुने विज्ञको चेतावनी [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २२ मंगलबार
cliamte-damage.jpg

काठमाडौँ । जलवायु विज्ञहरूले विपद्जन्य हानी तथा नोक्सानीका कारण नेपालले विगत ८ वर्षमा करिब साढे १८ करोड अमेरिकी डलर बराबरको नोक्सानी भोगेको बताएका छन् । मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा विज्ञहरूले आउने दिनमा जलवायुजन्य विपद्का घटनाहरूमा उल्लेख्य वृद्धि हुने बताए । 

बाढी, पहिरो, समुन्द्री आँधी लगायतका घटनाहरू बढी भन्दा बढी वृद्धि हुने उनीहरूले बताए । कार्यक्रममा बोल्दै जलवायु विज्ञ एवं प्रकृति रिसोर्स सेन्टरका निर्देशक प्रविनमान सिंहले आगामी दिनमा बाढी, पहिरो लगायतका घटनाहरूमा वृद्धि हुने बताए । उनले विपद्जन्य घटनाले मानवीय र प्राकृतिक प्रणालीमा ठुलो असर पुग्ने बताए । उनले जलवायुजन्य विपद्का कारण मानवीय र आर्थिक क्षतिका साथै सामाजिक, सांस्कृतिक क्षेत्रमा पनि बढी असर परेको बताए ।

उनले भने, ‘बाढीपछिको मेलम्चीमा आर्थिक तथा सामाजिक हिसाबले कस्ता असर छन् । अब आउँदा दिनहरूमा एक्स्ट्रिम क्लाइमेट इभेन्टका घटनाहरू बढ्दै जानेछन् भन्ने खालको एउटा निष्कर्ष निकालिएको छ । बाढी, पहिरो, समुन्द्री आँधी वा त्यस्ता घटनाहरू बढ्दै जाने र त्यस घटनाहरूले प्राकृतिक मानवीय प्रणालीमा असर पर्दछ । भन्ने खालको कुरा आइपीसिसीले निकालेको निष्कर्ष हो । यसको ज्वलन्त उदाहरण मेलम्चीको बाढीलाई हेर्न सक्छौँ । लस एन्ड ड्यामेजको कुरा गर्दा जलवायु परिवर्तनसँग सम्बन्धित युएनएफसिसिसीले कस्ता खालका लस एन्ड ड्यामेज हनसक्छन् भन्दा दुई वटा क्याटागोरीमा लस एन्ड ड्यामेजलाई छुटाएको छ । एउटा आर्थिक हानी तथा नोक्सानी छ । अर्को गैर आर्थिक हानी तथा नोक्सानी छन् । घर, जग्गा,जमिनमा भएको क्षति, गाईबस्तुमा भएको क्षतिलाई आर्थिक हानी तथा नोक्सानीमा सम्बोधन गरेका छाँै । तर गैर आर्थिक हानी तथा नोक्सानीका कुराहरू त्यहाँ आएको सामाजिक, सांस्कृतिक कुरामा, वातावरणमा असर परेको छ । त्यसमा थोरै मात्रै सम्बोधन गरेका छौँ । जलवायु परिवर्तनबाट भएका नकारात्मक असरहरू जसले मानव र प्राकृतिक प्रणालीमा असर पर्दछ । नेपालले लस एन्ड ड्यामेजमा विगत ८ वर्षमा करिब साढे १८ करोड अमेरिकी डलर बराबरको नोक्सानी भोगेको छ ।’

निर्देशक सिंहले मेलम्चीको बाढीका कारण प्राकृतिक श्रोत, इकोसिस्टम, आर्थिक, सामाजिक, सांस्कृतिक असरहरू बढी भएको बताए । उनले बाढीका कारण प्राकृतिक सौन्दर्यतामा पनि असर परेको बताए । उनले बाढीका कारण बसाईंसराईको समस्या समेत बढेको बताए । बाढीले घरायसी काममा महिलाहरूको बोझ झनै थपिएको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ