arrow

टी–२० विश्वकपमा स्कटल्याण्डसँग नामिबिया पराजित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २५ शुक्रबार
t20-wc-scotland-win.jpg

काठमाडौँ । अमेरिका र वेष्ट इन्डिजको संयुक्त आयोजनामा भइरहेको टी–२० विश्वकप क्रिकेटमा स्कटल्याण्ड विजयी भएको छ । 

ब्रिजटाउनमा शुक्रबार बिहान भएको खेलमा स्कटल्याण्डले नामिबियामाथि ५ विकेटको जित हासिल गरेको हो । 

पहिले ब्याटिङ गरेको नामिबियाले ९ विकेटको क्षतिमा १५५ रन बनायो । कप्तान जेरार्ड इरास्मसले ३१ बलमा ५२ रन जोडे । स्कटल्याण्डका ब्राड ह्वेलले ३ तथा ब्राड कुरीले २ विकेट लिए । 

जवाफमा स्कटल्याण्डले १८.३ ओभरमै ५ विकेटको क्षतिमा जित हासिल गर्यो । कप्तान रिच्चि बेयरिङटनले ३५ बलमा अविजित रहँदै ४७ तथा माइकल लिस्कले १७ बलमा ३५ रन बनाए । एक विकेटसमेत लिएका लिस्क प्लेयर अफ द म्याच भए ।

यो जितसँगै समूह बीमा इङ्गल्याण्डसँग पहिलो खेलमा अंक बाँडेको स्कटल्याण्ड २ खेलबाट ३ अंकसहित शीर्ष स्थानमा छ । अष्ट्रेलिया २ अंकसहित दोस्रो, नामिबिया २ अंकसहित तेस्रो, इङ्गल्याण्ड १ अंकसहित चौथो तथा ओमान अंकविहीन छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ