arrow

टी–२० विश्वकपमा आयरल्याण्डमाथि क्यानाडाको सनसनीपूर्ण जित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २६ शनिबार
t20-wc-2024-canada.jpg

काठमाडौँ । अमेरिका र वेष्ट इन्डिजको संयुक्त आयोजनामा भइरहेको टी–२० विश्वकप क्रिकेटमा क्यानाडाले सनसनीपूर्ण जित हासिल गरेको छ । न्यूयोर्कमा शुक्रबार राति भएको खेलमा क्यानाडाले आयरल्याण्डमाथि १२ रनको सनसनीपूर्ण जित हासिल गरेको हो । 

पहिले ब्याटिङ गरेको क्यानाडाले ७ विकेटको क्षतिमा १३७ रन बनायो । निकोलस किर्टोनले ३५ बलमा ४९ रन बनाए । त्यस्तै श्रेयस मोभ्वाले ३६ बलमा ३७ रन बनाए । क्रेग यङ्ग र ब्यारि म्याक्कार्थीले २–२ विकेट लिए । 

जवाफमा आयरल्याण्डले ७ विकेटको क्षतिमा १२५ रनमात्र बनाउन सक्छौँ । मार्क आदैरले २४ बलमा ३४ तथा जर्ज डक्रेलले २३ बलमा अविजित रहँदै ३० रन बनाए ।  जेरेमी जोर्डन र डाइलन हेलिगरले समान २–२ विकेट लिए । 

यो जितसँगै समूह एबाट अमेरिका ४ अंकसहित पहिलो, भारत २ अंकसहित दोस्रो र क्यानाडा २ अंकसहित तेस्रो स्थानमा छ । 

अमेरिकासँग सुपर ओभरमा पराजित भएको पाकिस्तान र आयरल्याण्डले भने अंक जोडेका छैनन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ