arrow

टी–२० विश्वकपमा श्रीलंकाले बंगलादेशलाई दियो झिनो चुनौती

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २६ शनिबार
t20-wc-ban-sl-2024.jpg

काठमाडौँ । अमेरिका र वेष्ट इन्डिजको संयुक्त आयोजनामा भइरहेको टी–२० विश्वकप क्रिकेटमा श्रीलंकाले बंगलादेशलाई झिनो चुनौती दिएको छ । 

डालासमा भइरहेको खेल जितका लागि श्रीलंकाले मात्र १२५ रनको सामान्य चुनौती दिएको हो । खेलमा टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ९ विकेटको क्षतिमा १२४ रन बनायो ।

पथुम निसंकाले २८ बलमा ४७ तथा धनञ्जय डे सिल्भाले २६ बलमा २१ रन बनाए । 

मुस्तफिजुर रहमान र रशद हुसेनले समान ३–३ विकेट लिए । 

समूह डीमा श्रीलंका यसअघि दक्षिण अफ्रिकासँग पराजित भएको थियो । बंगलादेशले पहिलो खेल खेलिरहेको हो । 

त्यस्तै नेपाल नेदरल्याण्ड्ससँग पराजित भएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ