arrow

टी–२० विश्वकपमा अफगानिस्तान सामु न्यूजिल्याण्ड निरीह, ८४ रनले पराजित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २६ शनिबार
t20-wc-2024-afg-nz.jpg

काठमाडौँ । अमेरिका र वेष्ट इन्डिजको संयुक्त आयोजनामा भइरहेको टी–२० विश्वकप क्रिकेटमा अफगानिस्तानले शानदार प्रदर्शन गर्दै आइरहेको छ । 

पहिलो खेलमा युगान्डामाथि १२५ रनको कीर्तिमानी जित हासिल गरेको अफगानिस्तानले दोस्रो खेलमा न्यूजिल्याण्डमाथि ८४ रनको फराकिलो जित हासिल गरेको हो । 

प्रोभिन्समा शनिबार बिहान भएको खेलमा अफगानिस्तानले पहिले ब्याटिङ गर्दै ६ विकेटको क्षतिमा १५९ रन बनायो ।

पहिलो विकेटका लागि १०३ रनको साझेदारी गर्ने क्रममा रहमनुल्लाह गुर्बाजले ५६ बलमा ८० तथा इब्राहिम जद्रानले ४१ बलमा ४४ रन बनाए । न्यूजिल्याण्डका लागि ट्रेन्ट बोल्ट र माट हेन्रीले २–२ विकेट लिए । 

जवाफमा अफगानिस्तानले १५.२ ओभरमा अलआउट हुँदै ७५ रनमात्र बनाउन सक्यो । ग्लेन फिलिप्सले १८ बलमा १८ तथा माट हेन्रीले १७ रनमा १२ रन बनाए बाहेक कसैले दोहोरो स्कोर खडा गर्न सकेनन् । 

अफगानिस्तानका लागि उत्कृष्ट बलिङ गर्ने क्रममा कप्तान राशिद खान र फजलहक फारुकीले समान १७ रन दिएर समान ४ विकेट लिए । त्यस्तै मोहम्मद नाबीले १६ रन दिएर २ विकेट लिए । 

यो सनसनीपूर्ण जितसँगै अफगानिस्तान सुपर एटमा पुग्ने लगभग पक्का भएको छ । अफगानिस्तानले २ खेलबाट ४ अंक जोडेको छ । वेष्ट इन्डिजले १ खेलबाट २ अंक तथा युगान्डाले २ खेलबाट २ अंक जोडेको छ । पपुवा न्यूगिनी र न्यूजिल्याण्ड अंकविहीन छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ