arrow

टी–२० विश्वकपमा श्रीलंकामाथि बंगलादेशको संघर्षपूर्ण २ विकेटको जित 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २६ शनिबार
t20-wc-2024-bang-hridoy.jpg

काठमाडौँ । अमेरिका र वेष्ट इन्डिजको संयुक्त आयोजनामा भइरहेको टी–२० विश्वकप क्रिकेटमा बंगलादेशले विजयी शुरुआत गरेको छ । 

शनिबार बिहान डालासमा भएको खेलमा बंगलादेशले श्रीलंकामाथि २ विकेटको संघर्षपूर्ण जित हासिल गरेको हो । 

बलरहरु हावी भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ९ विकेटको क्षतिमा १२४ रन बनायो । पथुम निसंकाले २८ बलमा ४७ तथा धनञ्जय डे सिल्भाले २६ बलमा २१ रन बनाए । 

मुस्तफिजुर रहमान र रशद हुसेनले समान ३–३ विकेट लिए । 

जवाफमा बंगलादेशले १९ ओभरमा ८ विकेटको क्षतिमा जित हासिल गर्यो । 

बंगलादेशका लागि टहिड हृदयले २० बलमा ४० तथा लिटिन दासले ३८ बलमा ३६ रन बनाए । त्यस्तै महमुल्लालले रन बनाए बाहेक अन्य कुनै पनि खेलाडीले दाहोरो स्कोर खडा गर्न सकेनन् । नुवान थुसराले १८ रन खर्चेर ४ विकेट लिए ।
 
समूह डीमा श्रीलंका यसअघि दक्षिण अफ्रिकासँग पराजित भएको थियो । बंगलादेशले पहिलो खेल खेलेको हो । त्यस्तै नेपाल नेदरल्याण्ड्ससँग पराजित भएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ