arrow

टी–२० विश्वकपमा नेदरल्याण्ड्समाथि दक्षिण अफ्रिकाको संघर्षपूर्ण जित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २७ आइतबार
t20-wc-2024-miller-stubs-sa.jpg

काठमाडौँ । अमेरिका र वेष्ट इन्डिजको संयुक्त आयोजनामा भइरहेको टी–२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले संघर्षपूर्ण जित हासिल गरेको छ । 

शनिबार राति भएको खेलमा दक्षिण अफ्रिकाले नेदरल्याण्ड्समाथि संघर्षपूर्ण जित हासिल गरेको हो । 

न्यूयोर्कमा भएको खेलमा दक्षिण अफ्रिका ४ विकेटले विजयी भयो । खेलमा पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले ९ विकेटको क्षतिमा १०३ रनमात्र बनाउन सक्यो । साइब्राण्ड एन्जलब्रेचले ४५ बलमा ४०तथा लोगन भान बीकले २२ बलमा २३ रन बनाएको इनिङ्सलाई सस्तैमा सम्ट्ने क्रममा ओटनेल ब्राटमानले ११ रन खर्चेर ४ विकेट लिए । 

जवाफमा दक्षिण अफ्रिकाले १८.५ ओभरमा ६ विकेटको क्षतिमा जित हालिस गर्यो । 

१२ रन बनाउँदा ४ विकेट गुमाएर संकटमा परेको दक्षिण अफ्रिकालाई डेभिड मिलरले उद्धार गरेका थिए । उनले ५१ बलमा अविजित रहँदै ५९ रन बनाए । त्यस्तै ट्रिस्टन स्टब्सले ३७ बलमा ३३ रन बनाए । नेदरल्याण्ड्सका भिभान किंग्मा र लोगन भान बीकले २–२ विकेट लिए । 

समूह डीमा दक्षिण अफ्रिका २ खेलबाट ४ अंकसहित शीर्ष स्थानमा रहको छ भने १ खेलबाट बंगलादेश २ अंकसहित दोस्रो स्थानमा छ । २ खेलबाट २ अंकको नेदरल्याण्ड्स तेस्रो स्थानमा छ । 

नेदरल्याण्ड्ससँग पराजित नेपाल चौथो तथा बंगलादेश र दक्षिण अफ्रिकासँग पराजित श्रीलंका पाँचौँ स्थानमा छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ