arrow

टी–२० विश्वकपमा अष्ट्रेलियासँग इङ्गल्याण्डको कमजोर प्रदर्शन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २७ आइतबार
t20-wc-2024-aus-eng.jpg

काठमाडौँ । अमेरिका र वेष्ट इन्डिजको संयुक्त आयोजनामा भइरहेको टी–२० विश्वकप क्रिकेटमा अष्ट्रेलियाले लगातार दोस्रो जित हासिल गरेको छ । 

दोस्रो खेलमा अष्ट्रेलियाले इङ्गल्याण्डलई ३६ रनले पराजित गर्यो । ब्रिजटाउनमा भएको खेलमा पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ७ विकेटको क्षतिमा २०१ रन बनाउन सक्यो ।

डेभिड वार्नरले १६ बलमा ३९, कप्तान मिचेल मार्शले २५, ट्राभिस हेडले १८ बलमा ३४ तथा मार्कस स्टोइनिसले १७ बलमा ३० रन बनाए । क्रिस जोर्डनले २ विकेट लिए । 

जवाफमा इङ्गल्याण्डले ६ विकेटको क्षतिमा १६५ रन बनायो । कप्तान जोश बट्लरले २८ बलमा ४२ तथा फिल साल्टले २३ बलमा ३७ रन बनाए । 

पाट कमिन्स र एडम जम्पाले समान २ विकेट लिए । 

अंक तालिका
समूह बीको खेलमा अष्ट्रेलिया २ खेलबाट ४ अंकसहित शीर्ष स्थानमा रहेको छ । स्कटल्याण्ड २ खेलबाट ३ अंकसहित दोस्रो स्थानमा छ । 

नामिबिया २ खेलबाट २ अंकसहित तेस्रो, इङ्गल्याण्ड २ खेलबाट १ अंकसहित चौथो तथा २ खेलबाट अंकविहीन ओमान पुछारमा छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ