arrow

वेष्ट इन्डिजले जारी विश्वकपमा राख्यो सबैभन्दा फराकिलो जितको कीर्तिमान

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २७ आइतबार
t20-wc-2024-wi-u.jpg

काठमाडौँ । अमेरिका र वेष्ट इन्डिजको संयुक्त आयोजनामा भइरहेको टी–२० विश्वकप क्रिकेटमा आयोजक वेष्ट इन्डिजले जारी विश्वकपकै सबैभन्दा फराकिलो जित हासिल गरेको छ । प्रोभिन्समा आइतबार बिहान भएको खेलमा वेष्ट इन्डिजले कमजोर आँकिएको युगान्डामाथि १३४ रनको जित हासिल गरेको हो । 

यसअघि युगान्डामाथि नै १२५ रनको जित हासिल गर्दै अफगानिस्तानले कीर्तिमान आफ्नो नाममा लेखाएको थियो । 

खेलमा वेष्ट इन्डिजले पहिले ब्याटिङ गर्दै ५ विकेटको क्षतिमा १७३ रन बनायो । जोन्सन चार्लस्ले ४२ बलमा ४४ तथा आन्द्रे रसेलले १७ बलमा अविजित रहँदै ३० रन बनाए । जवाफमा युगान्डाले १२ ओभरमा सबै विकेट गुमाएर ३९ रनमात्र बनाउन सक्यो । अकिल हुसेनले ११ रन खर्चेर ५ विकेट लिए । 

यो जितसँगै वेष्ट इन्डिज सुपर एट नजिक पुगेको छ । समूह सीको वेष्ट इन्डिजको २ खेलबाट ४ अंक भएको छ । अफगानिस्तान ४ अंकसहित नै शीर्ष स्थानमा छ । यो समूहमा युगान्डाको २ तथा पपुवा न्यूगिनी र न्यूजिल्याण्ड अंकविहीन छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ