arrow

कर्णाली सरकारको नीति तथा कार्यक्रम पारित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २८ सोमबार
karnali-prade.jpg
तस्बिर-फाइल

कर्णाली । कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम पारित भएको छ ।

प्रदेशसभाको चौथो अधिवेशनको आइतबारको नवौँ बैठकबाट नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो । 

चार दिनको छलफलपछि प्रदेशसभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित भएको सभामुख नन्दा गुरुङले घोषणा गरे । 

उक्त नीति तथा कार्यक्रमको छलफलमा २५ सदस्यहरुले भाग लिएका थिए ।

उनीहरुले नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा सरकारले जोड दिनुपर्ने सुझाव दिएका थिए ।

प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशसभा सदस्यहरुबाट आएका सुझाव सकारात्मक रहेको बताउँदै प्राप्त सुझावलाई नीति तथा कार्यक्रममा समावेश गरिने जनाए । 

यही जेठ २३ कर्णाली प्रदेश प्रमुख तिलक परियारले आगामी आव २०८१/८२ का लागि ८४ बुँदे नीति तथा कार्यक्रम सभामा प्रस्तुत गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ