arrow

टी–२० विश्वकपमा पाकिस्तानविरुद्ध भारतको सनसनीपूर्ण जित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २८ सोमबार
t20-wc-2024-ind-pak-jasprit.jpg

काठमाडौँ । अमेरिका र वेष्ट इन्डिजको संयुक्त आयोजनामा भइरहेको टी–२० विश्वकप क्रिकेटमा भारतले पाकिस्तानविरुद्ध सनसनीपूर्ण जित हासिल गरेको छ । 

कम योगफल भएको खेलमा भारतले ६ रनको सनसनीपूर्ण जित हासिल गरेको हो । न्यूयोर्कमा भएको खेलमा पहिले ब्याटिङ गरेको भारतले १९ ओभरमा अलआउट हुँदै ११९ रन बनायो । ऋषभ पन्तले ३१ बलमा ४२, अक्षर पटेलले १८ बलमा २० तथा रोहित शर्माले १२ बलमा १३ रन बनाए । 

भारतलाई कम योगफलमा रोक्ने क्रममा पाकिस्तानका लागि नसीम शाह र हरिस राउफले ३–३, मोहम्मद अमिरले २ तथा शहीन शाह अफ्रिदीले १ विकेट लिए । 

जवाफमा पाकिस्तानले २० ओभरमा ७ विकेटको क्षतिमा ११३ रनमात्र बनाउन सक्यो । मोहम्मद रिजवानले ४४ बलमा ३१ तथा इमाद वासिमले २३ बलमा १५ रन बनाए । 

भारतलाई सनसनीपूर्ण जित दिलाउने क्रममा जसप्रित बुमराहले १४ रन खर्चेर ३, हार्दिक पाण्डेयाले २ तथा अर्शदीप सिंह र अक्षर पटेलले १–१ विकेट लिए । 

ऋषभ पन्तले तीन क्याचसमेत लिएका थिए । यो जितसँगै भारत समूह ए मा ४ अंकसहित शीर्ष स्थानमा रहेको छ । अमेरिका ४ अंकबाटै दोस्रो, क्यानडा २ अंकबाट तेस्रो स्थानमा रहेको छ भने दुई खेलबाट पाकिस्तान र आयरल्याण्ड अंकविहीन छन् । 

भारतसँगको हारपछि पाकिस्तानको सुपर एटमा पुग्ने सम्भावना कमजोर बनेको छ । भारत र अमेरिकाले अब एक खेलमात्र जिते पनि पाकिस्तान बाँकी खेल जित्दासमेत सुपर पुग्ने सम्भावना हुँदैन । अमेरिकाले पाकिस्तानमाथि जित हासिल गरेर रेकर्ड बनाएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ