arrow

क्रिकेट विकासका लागि सीजी फुड्सले गर्‍यो क्यानलाई ६० लाख सहयोगको घोषणा [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २८ सोमबार
waiwai-agreement-can-60lakh.jpg

काठमाडौँ । सीजी फुड्स नेपाल लिमिटेडले अन्डर १९ महिला टिम तथा समग्र नेपाली क्रिकेट विकासका लागि नेपाल क्रिकेट संघ क्यानलाई ६० लाख रुपैयाँ सहयोगको घोषणा गरेको छ । 

विगत दुई दशकदेखि क्रिकेट विकासमा सहयोग गर्दै आएको सीजीको लोकप्रिय ब्राण्ड वाइवाइ चाउचाउले ‘वाइवाइ क्रिकेट स्पेसल एडिसन प्याकेट’ बजारमा ल्याउँदै क्यानलाई ६० लाख सघाउने घोषणा गरेको हो । 

जसमा वाइवाइले महिला यू–१९ क्रिकेट टिमलाई प्रायोजन गरे बापत ३० लखख तथा अन्य क्रिकेट गतिविधि सञ्चालनका लागि ३० लाख सघाउने घोषणा गरेको हो । 

राजधानीमा भएको एक विशेष कार्यक्रमबीच चौधरी ग्रुपका प्रबन्धक निर्देशक निर्वाण चौधरीको उपस्थितिमा क्यान सचिव पारस खड्का र सीजी फुड्सका सीईओ प्रदीप पुडासैनीले यस सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । 

सीजीले टी–२० विश्वकप खेलिरहेको नेपाली टिमका खेलाडीलाई पनि प्रोत्साहन पुरस्कार घोषणा गरेको छ । 

जसमा सुपर आठमा पुगे ३० लाख पुरस्कार दिनेछ । त्यस्तै प्रत्येक रन बापत एक हजार, प्रत्येक चौकाको ८ हजार, प्रत्येक छक्काको १२ हजार, प्रत्येक विकेटको १५ हजार, प्रत्येक अर्धशतकको ५० हजार, प्रत्येक शतकको एक लाख र नेपाली टिमको प्रत्येक जितमा डेढ लाख रुपैयाँ दिने घोषणा गरेको छ । 

 
 

waiwai-agreement-can-60lakh (1).jpg
waiwai-agreement-can-60lakh (3).jpg
waiwai-agreement-can-60lakh (4).jpg
waiwai-agreement-can-60lakh (5).jpg
waiwai-agreement-can-60lakh (6).jpg
waiwai-agreement-can-60lakh (7).jpg
waiwai-agreement-can-60lakh (8).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ