arrow

वाइ वाइको ‘क्रिकेट स्पेसल एडिसन प्याकेट’ बजारमा

सीजी फुड्स नेपाल लिमिटेडद्वारा अन्डर–१९ महिला टिम तथा समग्र नेपाली क्रिकेट विकासका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) लाई रु. ६० लाख सहयोगको घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २८ सोमबार
cricket-wai-wai-under-19-cg-foods.jpg

सीजी फुड्स नेपाल लिमिटेडद्वारा अन्डर–१९ महिला टिम तथा समग्र नेपाली क्रिकेट विकासका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) लाई रु. ६० लाख सहयोगको घोषणा

काठमाडौँ। विगत २० वर्षदेखि नेपाली क्रिकेटको सहयात्री रहँदै आएको नेपालको सर्वाधिक लोकप्रिय ब्राण्ड वाइ वाइ चाउचाउले नेपाल दोस्रो पटक आइ.सी.सी. पुरुष टि(२० विश्वकपमा सहभागी हुन सफल भएको ऐतिहासिक क्षणलाई अविस्मरणीय बनाउने उद्देश्य तथा नेपाली क्रिकेट टिमलाई प्रोत्साहन र समर्थन स्वरूप ‘वाइ वाइ क्रिकेट स्पेसल एडिसन प्याकेट’ बजारमा ल्याएको छ।

सीजी फुड्स नेपाल लिमिटेडले क्यानसँगको सहकार्यमा क्रिकेट स्पेसल एडिसन प्याकेटको अवधारणा कार्यान्वयनमा ल्याएको हो। टि–२० विश्वकपमा नेपाली राष्ट्रिय टिमका साथ रमाइरहेका नेपाली दर्शकहरूका लागि वाइ वाइको यो प्याकेट विशेष हुनेछ भन्ने विश्वास कम्पनीले लिएको छ। साथै,वाइ वाइको यस विशेष प्याकेटले नेपाली क्रिकेट टिमलाई थप प्रोत्साहन तथा समस्त नेपाली क्रिकेट प्रेमीहरूमा थप उत्साह ल्याउने विश्वास पनि गरिएको छ।

यस खुसीको अवसरमा विगत लामो समयदेखि पुरुष अन्डर–१९ क्रिकेट टिमलाई प्रायोजन गर्दै आएको वाइ वाइले महिला अन्डर–१९ क्रिकेट टिमलाई समेत प्रायोजन बापत रु. ३० लाख तथा अन्य क्रिकेट गतिविधि सञ्चालनका लागि रु.३० लाख गरी जम्मा रु. ६० लाख नेपाल क्रिकेट सङ्घलाई सहयोग गर्नेछ। पत्रकार सम्मेलनका अवसरमा चौधरी ग्रुपका प्रबन्धक निर्देशक श्री निर्वाण चौधरीको उपस्थितिमा क्यानका सचिव श्री पारस खड्का र सीजी फुड्सका सिइओ श्री प्रदीप पुडासैनीले यस सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको छ । 

नेपाली राष्ट्रिय टिम दोस्रो पटक आइ.सी.सी.टि(२० विश्वकपमा सहभागी हुन सफल भएकोमा सीजी फुड्स नेपाल लि.नेपाली राष्ट्रिय टिमलाई हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्दछ। विगत दुई दशकदेखि नेपाली क्रिकेटको सहयात्री वाइ वाइ आगामी दिनहरूमा पनि नेपाली क्रिकेटको विकासका लागि सदैव तत्पर र समर्पित रहनेछ। 

पत्रकार सम्मेलनमा बोल्दै चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले नेपालमा वाइ वाइ र क्रिकेटको विकास सँगसँगै भएको उल्लेख गर्दै क्रिकेटको विकासका लागि वाइ वाइ सधैँ समर्पित रहने बताए। ‘आजभन्दा २० वर्षअघि हामीले पुरुष अण्डर–१९मा लगानी गर्‍यौँ जसको परिणाम अहिले नेपाली राष्ट्रिय टिम टि–२० विश्वकपको मैदानमा खेलिरहेको छ। अब महिला अण्डर–१९ मा लगानी गर्ने समय भएको छ। यसको नतिजा देशले छिट्टै पाउनेछ।’

प्रबन्ध निर्देशक चौधरीले नेपालमा उत्पादित वाइ वाइ अमेरिका, युरोप, जापान, अस्ट्रेलिया लगायत विश्वका ४० देशमा उपलब्ध रहेको जानकारी दिनुहुँदै वाइ वाइले ती सबै देशको गुणस्तर मापदण्ड पूरा गरेका कारण ग्लोबल ब्राण्ड बन्न सफल भएकाले यस सम्बन्धमा थप व्याख्या गर्न आवश्यक नभएको टिप्पणी पनि गरे।

क्यानका सचिव एवं नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्काले आफू वाइ वाइको जर्सी लगाएर यू–१९ विश्वकपमा खेलेको स्मरण गर्दै नेपालको क्रिकेटको विकासका लागि वाइ वाइको योगदान अतुलनीय रहेको बताए। नेपाली राष्ट्रिय टिम टि–२० विश्वकपमा खेलिरहेको यस गौरवपूर्ण अवसरमा वाइ वाइले महिला यू–१९ र नेपालको क्रिकेट विकासका लागि गरेको यो लगानी निकै महत्त्वपूर्ण रहेको भन्दै यसका लागि चौधरी ग्रुपलाई धन्यवाद दिए।

यसअघि वाइ वाइले विश्वकपमा सहभागी राष्ट्रिय टिमलाई प्रोत्साहन स्वरूप सुपर(८मा पुग्न सफल भएमा रु. ३० लाख तथा समग्र नेपाली टिमको मनोबल उच्च बनाउने उद्देश्यले प्रत्येक रन बापत रु. १ हजार, प्रत्येक चौका बापत रु. ८ हजार, प्रत्येक छक्का बापत रु. १२ हजार, प्रत्येक विकेट बापत रु. १५ हजार, प्रत्येक अर्ध शतक बापत रु. ५० हजार, प्रत्येक शतक बापत रु. १ लाख र नेपाली टिमको प्रत्येक जितमा रु. १ लाख ५० हजार रुपैयाँ नगद उपलब्ध गराउने घोषणा गरी सकेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ