arrow

प्रतिष्ठानको एमबीबीएसको लागि आवश्यक पर्ने नवलपुरको जग्गा ल्याउने पहल तीव्र

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २९ मंगलबार
rapti-swastha-bigyan-pratisthan-2079.jpg

दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसको कार्यक्रम सञ्चालन गर्ने तयारी स्वरुप आवश्यक जग्गा ल्याउन प्रतिष्ठानले पहल जारी राखेको छ । प्रतिष्ठानका रजिष्ट्रार प्राध्यापक श्याम लम्सालले विगत ७ वर्षदेखि प्रतिष्ठानको नाममा जग्गा नआउँदा अड्किएको फाइल तीव्र गतिमा अघि बढिरहेको  बताए । 

जग्गाको बारेमा जिल्ला प्रशासन कार्यालय दाङसहित विभिन्न सरकारी निकायसँगको समन्वय र सहयोगमा प्रतिष्ठानको नाममा जग्गा ल्याउने काम प्रकृया पुर्याउने क्रममा रहेको उनले बताए । 

हालको प्रतिष्ठानको भौतिक संरचनामा एमबीबीएसको काम अघि बढाउने भन्दै एमबीबीएस पढ्ने विद्यार्थी र प्राध्यापकहरुलाई आवासको सुबिधाको लागि सो जग्गा ल्याउन आवश्यक प्रकृया सबै पुर्याइएको र केही समयपछि दङ्गाली जनताले जग्गाको उपलब्धिबारे सुखद सन्देश थाहा पाउने लम्सालले बताए । 

एमबीबीएस कार्यक्रम सन्चालन गर्नका निमित्त घोराही १८ नवलपुरमा रहेको साढे ५ बिगाहा जग्गाको वातावरणीय प्रभाव मूल्याङ्कन गर्ने काम चलिरहेको प्रतिष्ठानले जनाएको छ । 

प्रतिष्ठानका उपकुलपति डा विकास लामिछानेले प्रतिष्ठानको नाममा आवश्यक प्रकृया पूरा गरेर छिट्टै जग्गा आउने विश्वास ब्यक्त गरे । 

जग्गाको काम अघि बढाउन प्रतिष्ठानको तर्फबाट सबैखाले प्रयासहरु भइरहेको उनको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ