arrow

बंगलादेशविरुद्ध रोमाञ्चक जितसहित दक्षिण अफ्रिका सुपर एट नजिक

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २९ मंगलबार
t20-wc-2024-sa-ban.jpg

काठमाडौँ । दक्षिण अफ्रिका बंगलादेशविरुद्ध रोमाञ्चक जित हासिल गर्दै अमेरिका र वेष्ट इन्डिजको संयुक्त आयोजनामा भइरहेको टी–२० विश्वकप क्रिकेटको सुपर एट नजिक पुगेको छ । 

सोमबार राति भएको खेलमा बंगलादेशमाथि ४ रनको रोमाञ्चक जितसहित दक्षिण अफ्रिका सुपर एट नजिक पुगेको हो । 

न्यूयोर्कमा भएको खेलमा पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ६ विकेटको क्षतिमा ११३ रनमात्र बनाउन सक्यो । हेन्रिच क्लासेनले ४४ बलमा ४६ तथा डेभिड मिलरले ३८ बलमा २९ रन बनाए । 

तन्जिम हसन सकिबले ३ तथा तस्किन अहमदले २ विकेट लिए । जवाफमा बंगलादेशले ७ विकेटको क्षतिमा १०९ रनमात्र बनाउन सक्यो । 

टविड हृदयले सर्वाधिक ३७ रन बनाएको इनिङ्समा केशव महाराजले ३ तथा कागिसो रबाडाले २ विकेट लिए । 

यो जितसँगै समूह डीबाट दक्षिण अफ्रिकाले सुपर एटमा स्थान लगभग पक्का गरेको छ । 

अब दक्षिण अफ्रिकाले नेपालसँग मात्र खेल्न बाँकी छ । 

३ खेलबाट ६ अंकसहित दक्षिण अफ्रिका शीर्ष स्थानमा रहेको छ । २ खेलबाट २ अंकको बंगलादेश दोस्रो स्थानमा रहेको छ भने २ अंकको नेदरल्याण्ड्स तेस्रो स्थानमा छ । 

नेपाल १ खेलबाट शून्य र श्रीलंका २ खेलबाट शून्य अंकसहित चौथो र पाँचौँ स्थानमा छ । 

नेपालले बुधबार बिहान श्रीलंकासँग खेल्नेछ । यो खेल जित्दा नेपाल पनि सुपर एटको होडमा रहने छ । नेपालले श्रीलंकासँग अमेरिकामै र दक्षिण अफ्रिका तथा बंगलादेशसँग वेष्ट इन्डिजमा खेल्नेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ