arrow

संसद छलेर खेलकुद मन्त्री श्रेष्ठ फाप्ला मैदान निरीक्षणमा, मैदानको प्रगति उल्लेखनीय

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २९ मंगलबार
birajbhakta-shrestha-phapla.jpg

काठमाडौँ । युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले आज फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्रामको निरीक्षण गरेका छन् । फाप्ला विकास समितिका अध्यक्ष सुवास शाहीले डीपीआर र ईआईए लगायतका विषयमा जानकारी गराए । 

शाहीले डीपीआर अहिले प्रक्रियामा रहेको र तीन महिनामा तयार हुने पनि बताए । उनले दुई वर्ष अगाडि मात्र ४१ बिघा जग्गा फाप्ला विकास समितिको मातहतमा आएको पनि उनले जानकारी दिए । 

प्रधानमन्त्रीको भारत भ्रमणमा फाप्ला क्रिकेट स्टेडियम निर्माणमा भारत सरकारले सहयोग गर्ने सहमति भएको थियो ।

डीपीआर तयार भए लगत्तै फाप्ला विकास समितिले परराष्ट्र मन्त्रालयमार्फत डीपीआर लगायतका विवरण भारत पठाउने तयारी गरेको छ। युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत फाप्ला विकास समिति रहेको छ। 

निरीक्षण लगत्तै फाप्ला खेलकुद विकास समितिको बोर्ड बैठक बसेको थियो । जहाँ अहिलेसम्मको प्रगति विवरण प्रस्तुत गरियो । 

मन्त्री श्रेष्ठले प्रगतिको जानकारी लिइ डीपीआर र ईआईएको काम समयमा नै पूरा गर्न निर्देशन दिए ।

मन्त्री श्रेष्ठ भने आज प्रतिनिधि सभाको बैठकमा सहभागी नभएर क्रिकेट मैदान निरीक्षणमा लागे । आज संसदमा युवा तथा खेलकुद सम्बन्धी छलफल रहेको थियो । मन्त्री नभएसँगै खेलकुद सम्बन्धी छलफल नै स्थगित भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ