- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । अमेरिका र वेष्ट इन्डिजको संयुक्त आयोजनामा भइरहेको टी–२० विश्वकप क्रिकेटमा आज नेपालले दोस्रो खेल खेल्दैछ । नेपालले श्रीलंकासँग खेल्न लागेको हो ।
अमेरिकाको लाउडरहिलमा बिहान ५ः१५ देखि शुरु हुनुपर्ने खेल वर्षाका कारण शुरु हुन नसकेको हो । लगातार ठूलो वर्षा भएका कारण खेलमा अवरोध भएको हो ।
टससमेत पनि हुन सकेको छैन । वर्षा केही घण्टा रहनेसमेत जनाइएको छ ।
यसअघि पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग पराजित भएको थियो । सुपर एटमा पुग्ने सम्भावना कायम राख्न नेपाललाई यो खेल जित्नैपर्ने दबाब छ ।
श्रीलंकाले यसअघिका दुवै खेल हारिसकेकाले कमजोर आँकिएको छ । आज नेपाललाई इतिहास रच्ने अवसर छ ।
३ खेलबाट ६ अंकसहित दक्षिण अफ्रिका शीर्ष स्थानमा रहेको छ । २ खेलबाट २ अंकको बंगलादेश दोस्रो स्थानमा रहेको छ भने २ अंकको नेदरल्याण्ड्स तेस्रो स्थानमा छ ।
नेपाल १ खेलबाट शून्य र श्रीलंका २ खेलबाट शून्य अंकसहित चौथो र पाँचौँ स्थानमा छ ।
यो खेल जित्दा नेपाल पनि सुपर एटको होडमा रहने छ । हार्दा भने सम्भावना कमजोर बन्नेछ ।
वर्षाले खेल रद्द भएका खण्डमा नेपालले एक अंक बटुल्ने हुनाले सुपर एटको सम्भावना कायमै रहने छ । तर बाँकी रहेका दुवै खेल जित्नुपर्ने हुन्छ ।
नेपालले श्रीलंकासँग अमेरिकामै तथा दक्षिण अफ्रिका र बंगलादेशसँग वेष्ट इन्डिजमा खेल्नेछ ।