arrow

विश्वकप टी–२० क्रिकेट

नेपाल र श्रीलंकाबीचको खेल छिट्टै हुने आशा, वर्षा रोकियो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ३० बुधबार
t20-wc-nepal-24-6-4y.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । अमेरिका र वेष्ट इन्डिजको संयुक्त आयोजनामा भइरहेको टी–२० विश्वकप क्रिकेटमा अहिले नेपालले दोस्रो खेल खेल्दैछ । नेपालले श्रीलंकासँग खेल्न लागेको हो । 

अमेरिकाको लाउडरहिलमा बिहान ५ः१५ देखि शुरु हुनुपर्ने खेल वर्षाका कारण शुरु हुन सकेन । लगातार ठूलो वर्षा भएका कारण खेलमा अवरोध भएको हो । 

टससमेत पनि हुन सकेको छैन । तर अहिले वर्षा भने रोकिएको छ । केही बेरमै टस हुने बताइएको छ । 

यसअघि पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग पराजित भएको थियो । सुपर एटमा पुग्ने सम्भावना कायम राख्न नेपाललाई यो खेल जित्नैपर्ने दबाब छ । 

श्रीलंकाले यसअघिका दुवै खेल हारिसकेकाले कमजोर आँकिएको छ । आज नेपाललाई इतिहास रच्ने अवसर छ । 

३ खेलबाट ६ अंकसहित दक्षिण अफ्रिका शीर्ष स्थानमा रहेको छ । २ खेलबाट २ अंकको बंगलादेश दोस्रो स्थानमा रहेको छ भने २ अंकको नेदरल्याण्ड्स तेस्रो स्थानमा छ । 

नेपाल १ खेलबाट शून्य र श्रीलंका २ खेलबाट शून्य अंकसहित चौथो र पाँचौँ स्थानमा छ । 

यो खेल जित्दा नेपाल पनि सुपर एटको होडमा रहने छ । हार्दा भने सम्भावना कमजोर बन्नेछ । 

वर्षाले खेल रद्द भएका खण्डमा नेपालले एक अंक बटुल्ने हुनाले सुपर एटको सम्भावना कायमै रहने छ । तर बाँकी रहेका दुवै खेल जित्नुपर्ने हुन्छ । 

नेपालले श्रीलंकासँग अमेरिकामै तथा दक्षिण अफ्रिका र बंगलादेशसँग वेष्ट इन्डिजमा खेल्नेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ