- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । अमेरिका र वेष्ट इन्डिजको संयुक्त आयोजनामा भइरहेको टी–२० विश्वकप क्रिकेटमा अहिले अष्ट्रेलिया र नामिबिया खेलिरहेका छन् ।
एन्टिगुवाको सर भिभिएन रिचर्डस् स्टेडियममा अष्ट्रेलियाले टस जितेर पहिले फिल्डिङ रोजेको छ । यो खेल जित्दा अष्ट्रेलिया एक खेलअघि नै सुपर एटमा पुग्नेछ । हार्दा नामिबिया बाहिरिने पक्का छ ।
अंक तालिका
समूह बीको खेलमा स्कटल्याण्ड ३ खेलबाट ५ अंकसहित शीर्ष स्थानमा छ ।
अष्ट्रेलिया २ खेलबाट ४ अंकसहित दोस्रो स्थानमा रहेको छ ।
नामिबिया २ खेलबाट २ अंकसहित तेस्रो स्थानमा छ ।
२ खेलबाट १ अंकसहित इङ्गल्याण्ड चौथो तथा ३ खेलबाट अंकविहीन ओमान पुछारमा छ ।