arrow

विश्वकप टी–२० क्रिकेट

नेपाल र श्रीलंकाबीचको खेल वर्षाले रद्द, एक–एक अंक बाँडियो

अब बाँकी दुई खेल वेष्ट इन्डिजमा खेल्ने, दक्षिण अफ्रिका र बंगलादेशसँग खेल्न बाँकी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ३० बुधबार
t20-wc-nepal-sl-samragyee-a.jpg
तस्बिर– मनोविद् परामर्शदाता साम्राज्ञी आचार्यको फेसबुकबाट ।

काठमाडौँ । अमेरिका र वेष्ट इन्डिजको संयुक्त आयोजनामा भइरहेको टी–२० विश्वकप क्रिकेटमा नेपाल र श्रीलंकाबीचको खेल रद्द भएको छ । 

अमेरिकाको लाउडरहिलमा हुनुपर्ने खेल वर्षाका कारण टससमेत हुन नसकेपछि रद्द भएको हो । वर्षा रोकिएको भए पनि आउटफिल्ड गिलो भएका कारण खेल शुरु हुन नसकेको हो । 

खेल रद्द भएसँगै दुवै टिमले एक एक अंक बाँडेका छन् । यो खेल रद्द भएपछि दुवै टिमले एक एक अंक हासिल गरेका हुन् । 

अब नेपालले सुपर एटमा प्रवेश गर्न खेल्न बाँकी दुवै खेल जित्नुपर्नेछ । 

एक अंक बटुलेसँगै समूह चरणमा नेपालले अमेरिकाको खेल यात्रा पनि सकाएको छ । नेपालले पहिलो खेलमा नेदरल्याण्ड्ससँग पराजय भोगेको थियो । 

श्रीलंकाले यसअघिका दुवै खेल हारिसकेकाले सुपर एट सम्भावनाबाट बाहिरिएको छ । 

अंक तालिका
३ खेलबाट ६ अंकसहित दक्षिण अफ्रिका शीर्ष स्थानमा रहेर सुपर एटमा पुग्ने जारी विश्वकपकै पहिलो टिम बनेको छ । २ खेलबाट २ अंकको बंगलादेश दोस्रो स्थानमा रहेको छ भने २ खेलबाट २ अंकको नेदरल्याण्ड्स तेस्रो स्थानमा छ । 

नेपाल २ खेलबाट १ र श्रीलंका ३ खेलबाट १ अंकसहित चौथो र पाँचौँ स्थानमा छ । 

नेपालले एक अंक बटुलेकाले सुपर एटको सम्भावना कायमै रहेको छ । तर अब वेष्ट इन्डिजमा हुने दुवै खेल जित्नुपर्नेछ । 

नेपालले बलिया प्रतिद्धन्द्धीहरु दक्षिण अफ्रिका र बंगलादेशसँग खेल्नेछ । नेपालको टिममा सन्दीप लामिछाने पनि हुने भएकाले नेपालको आशा बलियो रहने छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ