arrow

अष्ट्रेलियाले नामिबियालाई ७२ रनमै रोक्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ३० बुधबार
t20-wc-2024-australia.jpg

काठमाडौँ । अमेरिका र वेष्ट इन्डिजको संयुक्त आयोजनामा भइरहेको टी–२० विश्वकप क्रिकेटमा अहिले अष्ट्रेलिया र नामिबिया खेलिरहेका छन् । 

एन्टिगुवाको सर भिभिएन रिचर्डस् स्टेडियममा अष्ट्रेलियाले टस जितेर पहिले फिल्डिङ गर्दै नामिबियालाई ७२ रनमा रोकेको छ । 

नामिबियाले १७ ओभरमा सबै विकेट गुमाएर ७२ रनमात्र बनाएको हो । कप्तान जेरार्ड इरास्मसले ४३ बलमा ३६ रन बनाए । त्यस्तै माइकल भान लिंगेन १० रन बनाए भने बाँकी कुनै खेलाडीले दोहोरो स्कोर खडा गरेनन् । 

अष्ट्रेलियाका लागि एडम जम्पाले १२ रन खर्चेर ४ तथा जोश हाज्लेवुड र मार्कस स्टोइनिसले २–२ विकेट लिए । 

यो खेल जित्दा अष्ट्रेलिया एक खेलअघि नै सुपर एटमा पुग्नेछ । हार्दा नामिबिया बाहिरिने पक्का छ । 

अंक तालिका
समूह बीको खेलमा स्कटल्याण्ड ३ खेलबाट ५ अंकसहित शीर्ष स्थानमा छ । अष्ट्रेलिया २ खेलबाट ४ अंकसहित दोस्रो स्थानमा रहेको छ । नामिबिया २ खेलबाट २ अंकसहित तेस्रो स्थानमा छ । 
२ खेलबाट १ अंकसहित इङ्गल्याण्ड चौथो तथा ३ खेलबाट अंकविहीन ओमान पुछारमा छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ