arrow

नामिबियालाई सहजै हराउँदै अष्ट्रेलिया पुग्यो सुपर एटमा 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ३० बुधबार
t20-wc-2024-aus-nam-head.jpg

काठमाडौँ । अमेरिका र वेष्ट इन्डिजको संयुक्त आयोजनामा भइरहेको टी–२० विश्वकप क्रिकेटमा अष्ट्रेलिया सुपर एटमा पुग्ने दोस्रो टिम बनेको छ । 

बुधबार बिहानमात्रै नेपाल र श्रीलंकाबीचको खेल रद्द भएसँगै दक्षिण अफ्रिका एक खेलअघि नै सुपर एटमा पुगेको थियो । 

त्यसको तीन घण्टामै अष्ट्रेलियाले नामिबियालाई हराउँदै एक खेलअघि नै सुपर एटमा ठाउँ बनाएको हो । 

७३ रनको चुनौती अष्ट्रेलियाले ५.४ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्दै ९ विकेटको जित हासिल गरेको हो । 

अष्ट्रेलियाका लागि ट्राभिस हेडले १७ बलमा अविजित रहँदै ३४, डेभिड वार्नरले ८ बलमा २० तथा मिचेल मार्शले ९ बलमा अविजित रहँदै १८ रन बनाए ।  

यसअघि एन्टिगुवाको सर भिभिएन रिचर्डस् स्टेडियममा अष्ट्रेलियाले टस जितेर पहिले फिल्डिङ गर्दै नामिबियालाई ७२ रनमा रोकेको थियो । 

नामिबियाले १७ ओभरमा सबै विकेट गुमाएर ७२ रनमात्र बनाएको हो । कप्तान जेरार्ड इरास्मसले ४३ बलमा ३६ रन बनाए । त्यस्तै माइकल भान लिंगेन १० रन बनाए भने बाँकी कुनै खेलाडीले दोहोरो स्कोर खडा गरेनन् । 

अष्ट्रेलियाका लागि एडम जम्पाले १२ रन खर्चेर ४ तथा जोश हाज्लेवुड र मार्कस स्टोइनिसले २–२ विकेट लिए । 

यो खेल जित्दा अष्ट्रेलिया एक खेलअघि नै सुपर एटमा पुग्दा पराजित नामिबिया भने बाहिरिएको छ ।  

अंक तालिका
समूह बीको खेलमा अष्ट्रेलिया ३ खेलबाट ६ अंकसहित पहिलो स्थानमा रहेको छ । स्कटल्याण्ड ३ खेलबाट ५ अंकसहित दोस्रो स्थानमा छ । 

नामिबिया ३ खेलबाट २ अंकसहित तेस्रो स्थानमा छ । २ खेलबाट १ अंकसहित इङ्गल्याण्ड चौथो तथा ३ खेलबाट अंकविहीन ओमान पुछारमा छ । सुपर एटमा स्कटल्याण्ड र इङ्गल्याण्डमध्ये एक टिम पुग्नेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ