arrow

भारत सुपर एटमा, अमेरिकामाथि ७ विकेटको जित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ३१ बिहिबार
t20-wc-2024-usa-usa.jpg

काठमाडौँ । भारत अमेरिका र वेष्ट इन्डिजको संयुक्त आयोजनामा भइरहेको टी–२० विश्वकप क्रिकेटको सुपर एटमा पुग्ने तेस्रो टोली बनेको छ । 

बुधबार एकैदिन दक्षिण अफ्रिका, त्यसपछि अष्ट्रेलिया र राति भारत सुपर एटमा पुगेको हो । भारतले बुधबार रातिको खेलमा अमेरिकामाथि ७ विकेटको जित हासिल गर्यो । 

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले ८ विकेटको क्षतिमा ११० रनमात्र बनायो । न्यूयोर्कमा भएको खेलमा अमेरिकाका लागि नितिश कुमारले २३ बलमा २७ तथा स्टेभन टेलरले ३० बलमा २४ रन बनाए । 

भारतका लागि अर्शदीप सिंहले ९ रन खर्चेर ४ विकेट लिए । हार्दिक पाण्डेयाले २ तथा अक्षर पटेलले १ विकेट लिए । 

जवाफमा भारतले १८.२ ओभरमा ३ विकेटको क्षतिमा जित हासिल गर्यो । ४४ रन जोड्दा ३ विकेट गुमाएको भारतका लागि सूर्यकुमार यादवले अविजित रहँदै ४९ बलमा ५० तथा शिवम दुबेले ३५ बलमा अविजित रहँदै ३१ रन बनाएसँगै सहज जित हासिल गर्यो ।

ऋषभ पन्त १८, कप्तान रोहित शर्मा ३ तथा विराट कोहली डकआउट भए । 

जितपछि समूह एबाट भारत एक खेलअघि नै सुपर एटमा पुगेको छ भने अमेरिकाले अन्तिम खेल खेलको नतिजा कुर्नुपर्नेछ । 

भारतको ६ अंक छ । अमेरिकाको ४ अंक छ । पाकिस्तान र क्यानाडाको २ अंक छ भने आयरल्याण्ड अंकविहीन छ । 
सुपर एटमा पुग्न पाकिस्तानले आफ्नो खेलमा जित हासिल गरेरमात्र पुग्नेछैन अमेरिकाले हार्नुपर्नेछ । 

अमेरिका विजयी हुँदा अमेरिका सुपर एटमा पुग्नेछ भने पाकिस्तान बाहिरिने छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ