arrow

वेष्ट इन्डिज सुपर एटमा, न्यूजिल्याण्डमाथि १३ रनको जित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ३१ बिहिबार
t20-wc-2024-wi-nz.jpg

काठमाडौँ । आयोजक वेष्ट इन्डिज टी–२० विश्वकप क्रिकेटको सुपर एटमा पुगेको छ । बिहीबार बिहान तरोउबामा भएको खेलमा वेष्ट इन्डिजले न्यूजिल्याण्डलाई १३ रनले हरायो । 

पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले ९ विकेटको क्षतिमा १४९ रन बनायो । शेर्फाने रदरफोर्डले ३९ बलमा अविजित रहँदै ६८ रन बनाए । ट्रेन्ट बोल्टले सर्वोच्च ३ विकेट लिए । त्यस्तै टिम साउथी र लक्कि फर्गुसनले २–२ विकेट लिए । 

जवाफमा न्यूजिल्याण्डले ९ विकेटको क्षतिमा १३६ रनमात्र बनाउन सक्यो । ग्लेन फिलिप्सले ३३ बलमा ४० रन बनाए । 

वेष्ट इन्डिजलाई जिताउन अल्जारी जोशेफले ४ तथा गुडाकेश मोटीले ३ विकेट लिए । 

योसँगै समूह सीबाट ३ खेलमा ६ अंकसहित वेष्ट इन्डिजले सुपर एटमा स्थान बनाएको छ । 

त्यस्तै २ खेलमा ४ अंक जोड्दै दोस्रो स्थानमा रहेको छ । युगान्डा ३ खेलबाट २ अंकसहित तेस्रो स्थानमा छ । २ खेलबाट अंकविहीन पपुवा न्यूगिनी र न्यूजिल्याण्ड पुछारमा छन् । 

लगातार दोस्रो हारसँगै न्यूजिल्याण्ड पहिलो चरणबाटै बाहिरिने खतरा बढेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ