arrow

ओमानमाथि इङ्गल्याण्डको कीर्तिमानी जित, सुपर एट सम्भावना बलियो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ३२ शुक्रबार
t20-wc-2024-eng-win.jpg

काठमाडौँ । अमेरिका र वेष्ट इन्डिजको संयुक्त आयोजनामा भइरहेको टी–२० विश्वकप क्रिकेटमा इङ्गल्याण्डले कीर्तिमानी जित हासिल गरेको छ । 

शुक्रबार बिहान सम्पन्न खेलमा इङ्गल्याण्डले ओमानमाथि कीर्तिमानी ८ विकेटको जित हासिल गर्यो । 

नर्थ साउन्डमा भएको खेलमा पहिले ब्याटिङ्ग गरेको ओमानले १३.२ ओभरमा अलआउट हुँदै ४७ रनमात्र बनाउन सक्यो । शोएब खानले दोहोरो स्कोर जोड्ने क्रममा सर्वाधिक ११ रन बनाएको इनिङ्सलाई सस्तैमा समेट्ने क्रममा अदिल रशिदले ११ रन खर्चेर ४ तथा जोफ्रा आर्चर र मार्क उडले समान १२ रन खर्चेर समान ३ विकेट लिए । 

जवाफमा इङ्गल्याण्डले ३.१ ओभरमै २ विकेटको क्षतिमा जित हासिल गर्यो । कप्तान जोस बटलरले ८ बलमा अविजित रहँदै २४ तथा फिल साल्टले ३ बलमा १२ रन बनाए । 

मात्र १६.३ ओभरमात्र खेल सम्भव भएको थियो । इङ्गल्याण्डले सबैभन्दा कम बलमै जित हासिल गर्ने रेकर्ड राख्यो भने जारी विश्वकपको यो सबैभन्दा छिटो जित हो । त्यस्तै ओमानलाई ४७ बलमै रोकेर सबैभन्दा थोरै रनमा रोक्ने जारी विश्वकपको कीर्तिमान नि इङ्गल्याण्डले राखेको छ । 

यो जितसँगै इङ्गल्याण्डको सुपर एटमा प्रवेश गर्ने सम्भावना बलियो भएको छ । 

तर इङ्गल्याण्डले अन्तिम खेलमा नामिबियालाई पराजित गर्नुपर्ने हुन्छ भने अष्ट्रेलियाले स्कटल्याण्डलाई हराउनु पर्ने हुन्छ । 

अष्ट्रेलिया र स्कटल्याण्डको खेल रद्द भए पनि स्कटल्याण्ड सुपर एटमा पुग्नेछ भने इङ्गल्याण्डले जित नै हासिल गरे पनि बाहिरिने छ । 

यो समूहबाट अष्ट्रेलिया ६ अंकसहित स्कटल्याण्डसँग खेल्नुअघि नै सुपर एटमा पुगिसकेको छ । 

अंक तालिका
समूह बीको खेलमा अष्ट्रेलिया ३ खेलबाट ६ अंकसहित पहिलो स्थानमा रहेको छ । स्कटल्याण्ड ३ खेलबाट ५ अंकसहित दोस्रो स्थानमा छ । 

३ खेलबाट ३ अंकसहित इङ्गल्याण्ड तेस्रो स्थानमा छ । नामिबिया ३ खेलबाट २ अंकसहित चौथो स्थानमा छ । 

३ खेलबाट अंकविहीन ओमान पुछारमा छ । अब सुपर एटमा स्कटल्याण्ड र इङ्गल्याण्डमध्ये एक टिम पुग्नेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ