arrow

अफगानिस्तान सुपर एटमा, न्यूजिल्याण्ड समूह चरणबाटै बाहिरियो 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ३२ शुक्रबार
t20-wc-2024-afg-win.jpg

काठमाडौँ । अफगानिस्तान टी–२० विश्वकप क्रिकेटको सुपर एटमा पुगेको छ । शुक्रबार पपुवा न्यूगिनीमाथि ७ विकेटको जित हासिल गर्दै अफगानिस्तान एक खेलअघि नै सुपर एटमा पुग्न सफल भएको हो । 

समूह सीको खेलमा लगातार तेस्रो जितसहित अफगानिस्तानले अन्तिम आठको यात्रा तय गरेको हो । 

यो समूहबाट यसअघि नै तीन खेलबाट सतप्रतिशत नतिजासहित आयोजक वेष्ट इन्डिज सुपर एटमा ठाउँ बनाइसकेको छ । 

तारोउबामा शुक्रबार बिहान पहिले ब्याटिङ गरेको पपुवा न्यूगिनीले १९.५ ओभरमा अलआउट हुँदै ९५ रन जोड्यो । किप्लिन डोरिगाले २७ तथा अतिरिक्त २५ रनको मद्धतले पीएनजीले उक्त योगफल जोडेको थियो । 

कम योगफलमै रोक्ने क्रममा फाजलहक फारुकीले १६ रन खर्चेर ३ विकेट लिए । चार खेलाडी रनआउट भएका थिए । 

जवाफमा अफगानिस्तानले १५.१ ओभरमा ३ विकेटको क्षतिमा जित हासिल गर्यो । गुल्बादिन नैबले ३६ बलमा अविजित रहँदै ४४ रन बनाए । 

अफगानिस्तान ३ खेलबाट ६ अंकसहित शीर्ष स्थानमा छ । वेष्ट इन्डिज ३ खेलबाट ६ अंकसहित दोस्रो स्थानमा छ । दुवै टिम सुपर एटमा पुगेका छन् । 

युगान्डा ३ खेलबाट २ अंकसहित तेस्रो स्थानमा छ । २ खेलबाट अंकविहीन पपुवा न्यूगिनी र न्यूजिल्याण्ड पुछारमा छन् । पीएनजी र न्यूजिल्याण्डसँगै यो समूहबाट युगान्डा पनि पहिलो चरणबाटै बाहिरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ