arrow

गाँजाको 'लिगलाईजेशन'का लागि एक महिनाभित्र गृह मन्त्रालयले कानूनी प्रबन्ध गर्ने [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ३२ शुक्रबार
ravi-lamichhane-02-31.jpg

काठमाडौँ । गाँजाको औषधिजन्य प्रयोगका लागि एक महिना भित्र आवश्यक कानूनी प्रवन्ध गर्ने उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बताएका छन् ।

आफ्नो मन्त्रालयले सय दिनमा गरेको कामबारे जानकारी दिन शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले औषधिजन्य प्रयोजन र औद्योगिक प्रयोजनका लागि गाँजाको लिगलाईजेशनका लागि नीति बनाउनु पर्ने उल्लेख गर्दै उपप्रधानमन्त्री लामिछानेले त्यसका लागि एक महिना भित्र त्यसको एउटा राम्रो कानूनी प्रावधान निर्माण गर्ने बताए । त्यसैगरी उनले कानूनी प्रवन्ध हुनसाथ निश्चित क्षेत्रमा त्यसको अनुसन्धानको काम पनि शुरु गर्ने बताए ।

उनले भने, ‘ यो औषधिजन्य प्रयोजन र औद्योगिक प्रयोजनका लागि गाँजाको लिगलाईजेशनका लागि हामीले बनाउनुपर्ने नीति बनाउनुपर्ने हुन्छ । त्यसका लागि एक महिनाको समय भनेर हामी भनिसकेका छौं । गृह मन्त्रालयले एक महिना भित्र त्यसको एउटा राम्रो कानूनी प्रावधान निर्माण गर्नेछ । निर्देशिका तयार गर्नेछ । त्यो निर्देशिकाले अब अनुसन्धान गर्नका निमित्त गाँजाको औषधिजन्य प्रयोगका लागि अनुसन्धान गर्नको निमित्त निश्चित क्षेत्रमाचाहे त्यो ल्याव खडा गर्नका निमित्त, चाहे अरु प्रयोजनका लागि होस् । निश्चित यरिया भित्र सुरुवात गर्ने छ । त्यो एक महिना भित्र हामी सम्पन्न गर्नेछौं । ’

उपप्रधानमन्त्री लामिछानेले विपद् व्यवस्थापनका लागि पनि देशभर आवश्यकअनुसार कमान सेन्टर स्थापना गरी काम शुरु गरिएको पनि बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ