arrow

टी–२० विश्वकप क्रिकेट

अमेरिका सुपर एटमा, पाकिस्तान बाहिरियो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १ शनिबार
t20-wc-2024-weather.jpg

काठमाडौँ । आयोजक अमेरिका टी–२० विश्वकप क्रिकेटको सुपर एटमा पुगेको छ । पहिलो पटक वेष्ट इन्डिजसँग मिलेर टी–२० विश्वकप आयोजना गरेको अमेरिकाले घरेलु मैदानको सदुपयोग गर्दै पहिलो पटक विश्वकपको सुपर एटमा पुगेको हो । 

शुक्रबार रातिको समूह चरणको अन्तिम खेलमा आयरल्याण्ड र अमेरिकाले वर्षाले खेल हुन नसकेपछि अंक बाँडेसँगै अमेरिका ५ अंकसहित समूह एको उपविजेता बन्दै सुपर एटमा पुगेको हो । 

लाउडरहिलमा वर्षाले टससमेत हुन नसकेपछि दुवै टिमले एक एक अंक पाएका थिए । 

अमेरिका सुपर एटमा पुगेसँगै पूर्व विजेता पाकिस्तान भने समूह चरणबाटै बाहिरिएको छ । पाकिस्तान एक खेल खेल्न बाँकी छँदै बाहिरिएको हो । 

समूह एबाट एक खेल खेल्न बाँकी छँदै भारत ६ अंकसहित समूह विजेता भएको छ । पाकिस्तान, क्यानाडा र आयरल्याण्ड बाहिरिएका छन् । 

अमेरिका सुपर एटमा मात्र पुगेको छैन सन् २०२६ को विश्वकपमासमेत छनोट भएको छ । सुपर एटमा पुग्ने आठै टिम सन् २०२६ को टी–२० विश्वकपमा छानिन्छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ