arrow

टी–२० विश्वकप क्रिकेट

दक्षिण अफ्रिकाविरुद्ध नेपालले लियो दोस्रो विकेट, क्याच छोडेका भुर्तेलले लिए विकेट 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १ शनिबार
t20-wc-sa-markaram.jpg

काठमाडौँ । अमेरिका र वेष्ट इन्डिजको संयुक्त आयोजनामा भइरहेको टी–२० विश्वकप क्रिकेटमा अहिले नेपाल र दक्षिण अफ्रिका खेलिरहेका छन् । 

वेष्ट इन्डिजको किंग्सटाउनमा नेपालले टस जितेर पहिले बलिङ गरेको छ । २२ रन जोड्दा दक्षिण अफ्रिकाले पहिलो विकेट गुमायो भने ६८ रन जोड्दा दोस्रो विकेट गुमायो । 

नेपालका लागि पहिलो विकेट दिपेन्द्र सिंह ऐरीले लिए भने दोस्रो विकेट कुशल भुर्तेलले लिए । दीपेन्द्र सिंह ऐरीले गरेको बलिङ आफैँ क्याच गरेका थिए । 

भुर्तेलले कप्तान एडन मार्करमलाई बोल्डआउट गरेका हुन् । उनै भुर्तेलले अघिल्लो ओभरमा क्याच छुटाएका थिए । 

नेपालले पहिलो पटक दक्षिण अफ्रिकासँग खेलिरहेको हो । 

समूह डीबाट दक्षिण अफ्रिका यसअघिका तीन वटै खेल जितेर सुपर एटमा पुगिसकेकोछ भने नेपालले पहिलो खेलमा नेदरल्याण्डसँग हार बेहोरेको थियो भने श्रीलंकासँगको दोस्रो खेल वर्षाले रद्द भएको थियो । 

सुपर एट प्रवेशका लागि सम्भावना जीवितै राख्न नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ