arrow

प्रदेशको बजेट

एकतीस अर्ब ४१ करोडको बजेट ल्यायो कर्णालीले [पूर्णपाठ]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १ शनिबार
karnali-budget-2081-82.jpg

कर्णाली । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१–८२ को लागि ३१ अर्ब ४१ करोड ४१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। शनिबार प्रदेश सभाको बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसीले सो बराबरको बजेट ल्याएका हुन् । 

त्यसमध्ये, पूँजीगततर्फ १८ अर्ब ७५ करोड ८ लाख ३८ हजार र चालूतर्फ ७ अर्ब ५७ करोड  ५५ लाख ९२ हजार रुपैयाँ विनियोजन गरिएको छ। त्यस्तै, वित्तीय हस्तान्तरणतर्फ ४ अर्ब ८३ करोड ३५ लाख ८१ हजार रुपैयाँ विनियोजन गरिएको छ। वित्तीय व्यवस्थाका लागि यो वर्ष २५ करोड छुटुयाइएको छ ।  

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजस्वबाट ८३ करोड ४४ लाख ६७ हजार रुपैयाँ, चालू आवको खर्च नभई बाँकी रहन जाने अनुमानित ५ अर्ब १३ करोड ८१ लाख २६ हजार रुपैयाँ, संघीय सरकारबाट राजस्व बाँडफाँड बापत प्राप्त ९ अर्ब ३८ करोड ५३ लाख रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ। 

त्यसैगरी बजेटमा वित्तीय समानीकरण अनुदानबाट प्राप्त १० अर्ब ३६ करोड ६३ लाख रुपैयाँ र सशर्त अनुदानबाट ३ अर्ब ३१ करोड ५० लाख रुपैयाँ तथा नेपाल सरकारबाट प्राप्त हुने समपूरक अनुदान बापत १ अर्ब २८ करोड ५० लाख रुपैयाँ, विशेष अनुदान बापत ७६ करोड ६५ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। साथै, वैदेशिक सहायताबाट सञ्चालित कार्यक्रम तथा आयोजना कार्यान्वयनका लागि १ करोड ३३ लाख लाख हजार स्रोत परिचालन हुने बजेटमा जनाइएको छ। 

प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री केसीले बजेट प्रस्तुत गर्दै आगामी वर्षको बजेट कार्यान्वयनका लागि नेपाल सरकार, स्थानीय तह तथा सामुदायिक संस्थासँग समन्वय गरिने बताए।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ