arrow

युरोप गएर नेपाली एयरलाइन्समाथिको प्रतिबन्ध हटाउन आग्रह गरी फर्के राष्ट्रपति पौडेल [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ५ बुधबार
ramchandra-poudel-return-81.jpg

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले युरोपेली आकाशमा नेपाली एयरलाइन्समाथिको प्रतिवन्ध हटाउन जर्मन सरकारसँग आग्रह गरेका छन् । 
जर्मनी भ्रमणका क्रममा उनले जर्मन समकक्षी फ्रयांक वाल्टर स्टाइनमायरसँगको भेटमा यस्तो आग्रह गरेका हुन् । 

बुधवार बिहान स्वदेश फर्किएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति पौडेलको स्वीट्जरल्याण्ड र जर्मनी भ्रमणबारे जानकारी गराउँदै परराष्ट्र सचिव सेवा लम्सालले जर्मनी भ्रमणका क्रममा राष्ट्रपति पौडेलले लुफ्थान्सा एयरलाइन्सको सर्भिस चालु गर्न र युरोपेली आकाशमा रहेको प्रतिबन्ध फुकुवा गर्न अनुरोध गरेको जानकारी दिइन् । 

उनले जर्मनी भ्रमणमा जर्मनीका राष्ट्रपति डा. फ्रयांक वाल्टर स्टाइनमायरसँग दुई पक्षीय भेटवार्ता भएको र विकास सहयोग, व्यापार, लगानी, पर्यटन, व्यवसायिक तालिममा केन्द्रित हुँदै दुवै पक्षबाट नेपाल–जर्मनी सम्बन्धका सम्पूर्ण पक्षहरुमा छलफल भएको बताइन् । 

कृषि, पर्यटन र जलश्रोत लगायतका विकास प्राथमिकताका बारेमा प्रकाश पार्दै यी क्षेत्रमा जर्मनीको सहयोग र लगानीका लागि निजी क्षेत्रलाईसमेत प्रोत्साहन गरेको लम्सालले बताइन् । 

त्यस्तै स्वीट्जरल्याण्डको भ्रमणका क्रममा राष्ट्रपति पौडेलले भियोला एमहर्डसँग भेटवार्ता गरेका थिए । 

भेटका क्रममा नेपाल—स्वीट्जरल्याण्ड सम्बन्धका विविध पक्षमा छलफल भएको सचिव लम्सालले बताइन् । 

दुवै पक्षबाट दुई पक्षीय सम्बन्धको विद्यमान अवस्थाका बारेमा सन्तोष व्यक्त गरिएको बताइन् । 

उनले स्वीट्जरल्याण्डका राष्ट्रपतिसँगको भेटमा राष्ट्रपति पौडेलले नेपालको सामाजिक, आर्थिक विकास, संघीयताको कार्यान्वयन र शान्ति प्रक्रियामा गरेको सहयोगका लागि स्वीट्जरल्याण्ड सरकारलाई धन्यवाद व्यक्त गरे । 

स्वीट्जरल्याण्डका राष्ट्रपतिले नेपाल समृद्धितर्फ अघि बढिरहेकोमा सन्तोष व्यक्त गरेको बताइन् । 

दुवै देशका राष्ट्रपतिसँगको भेटमा उनले दुवै देशका राष्ट्रपतिलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा दिएको पनि सचिव लम्सालले बताइन् । 
 

ramchandra-poudel-return-81-3-5 (1).jpg
ramchandra-poudel-return-81-3-5 (2).jpg
ramchandra-poudel-return-81-3-5 (3).jpg
ramchandra-poudel-return-81-3-5 (4).jpg
ramchandra-poudel-return-81-3-5 (5).jpg
ramchandra-poudel-return-81-3-5 (6).jpg
ramchandra-poudel-return-81-3-5 (7).jpg
ramchandra-poudel-return-81-3-5 (8).jpg
ramchandra-poudel-return-81-3-5 (9).jpg
ramchandra-poudel-return-81-3-5 (10).jpg
ramchandra-poudel-return-81-3-5 (11).jpg
ramchandra-poudel-return-81-3-5 (12).jpg
ramchandra-poudel-return-81-3-5 (13).jpg
ramchandra-poudel-return-81-3-5 (14).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ