- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । आज दशौँ अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइएको छ । संयुक्त राष्ट्रसङ्घको महासभाबाट सन् २०१४ को डिसेम्बर ११ मा योग दिवस मनाउने प्रस्ताव पारित भएपछि सन् २०१५ को जुन २१ देखि यो दिवस मनाउन थालिएको हो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावलाई नेपालका प्रधानमन्त्री सुशील कोइरालाले समर्थन गरेका थिए ।
यही अवसरमा देशैभर योग दिवस मनाइएको छ । बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सानोठिमीस्थित एसओएस बालग्राम परिसरमा गएर योग गरे । काठमाडौँसहित देशैभरका रंगशाला, कभर्ड हल, चौरमा योग गरिएको छ ।
नेपालमा यसपालि ‘महिला सशक्तिकरणका लागि योग’ भन्ने मूल नाराका साथ योग दिवस मनाइएको छ ।