arrow

गल्फ जायन्टले आईएल टी–२० का लागि लियो दिपेन्द्र सिंह ऐरीलाई

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ७ शुक्रबार
airee-golf-giant-2025.jpg

काठमाडौँ । नेपाली राष्ट्रिय टोलीका अलराउन्डर दीपेन्द्र सिंह ऐरीलाई यूएईको आईएल टी–२० लिग फ्रेन्चाइजी गल्फ जायन्टलले रिटेन गरेको छ । गल्फ जायन्टले आउँदो सिजनका लागि रिटेन गरेका १३ खेलाडीमा दीपेन्द्र पनि परेका हुन् ।

गल्फ जायन्टले ऐरीसहित जेम्स भिन्स, शिमरोन हेटमायर, क्रिस जोर्डन, आयान खान, जुहाइब जुबैर, ब्लेसिंग मुजरबानी, गेर्हार्ड इरास्मस, जेमी स्मिथ, रिचर्ड ग्लेसन, रेहान अहमद, जोर्डन कक्स र जेमी ओभरटनलाई रिटेन गरेको जानकारी दिएको छ ।

ऐरी यसअघिको सिजनमा पनि गल्फ जायन्टमा सामेल भए पनि कुनै खेल भने खेल्न पाएका थिएनन् । आईएल टी–२० को आउँदो सिजन ११ जनवरी २०२५ देखि शुरु हुँदैछ ।

यसअघि २०२३ र २०२४ गरी दुई सिजन सम्पन्न भएको यो टी–२० लिगमा २०२३ को पहिलो सिजनमा गल्फ जायन्ट च्याम्पियन बनेको थियो भने २०२४ मा एमआई इमिरेट्स च्याम्पियन बनेको थियो । 

यस लिगमा आईपीएल फ्रेन्चाइजीका मालिकले टिम बनाएका छन् । गल्फ जायन्ट आईपीएल टिम गुजरात जायन्टसका मालिक अदानी समूहको हो ।
          



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ