arrow

सरकारमा खटपट

संवैधानिक निकाय र राजदूत नियुक्ति सिफारिसले निम्त्यायो मतभेद

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ९ आइतबार
gathabandhan-80-12-03.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । संवैधानिक निकायको र राजदूतको नियुक्ति सिफारिस गरेपछि सरकारमा खटपट शुरु भएको छ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको स्थापना दिवसमा पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीले त्यसको संकेत गरिदिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टी कार्यालयमा रहेको ‘घण्टी’ बजाउँदा उनले नजिकै रहेको कपडाको तान बुनेर फरक धारणा राखेका थिए । 

त्यहीबेला सहभागीमध्ये एकले आउँदो ८४ को निर्वाचनपछि पनि यही तान बुनेर बस्नुपर्छ भनेपछि आफूलाई त्यहाँ अपमान गरेको महसुसपछि ओलीले आफ्नो निवास बालकोटमा ‘घण्टी’ घरमा भएको अपमानबारे चर्चा गरेका थिए । उनले त्यहाँ आफूलाई नियोजित रुपमा अपमान गरेको महसुस भएको बताएका थिए ।

यतिबेला संवैधानिक निकायमा सत्ता सहयात्री दलहरूबीच शक्ति बाँडफाँटमा कसले बढी आर्जन गर्ने भन्ने होडबाजी नै चलेको छ । राजनीतिक विश्लेषकहरूले  यसलाई सत्ता परिवर्तनको पूर्व तयारीका रूपमा लिन थालेका छन् । ‘पछिल्लो पटक सत्ता गठबन्धनभित्र देखिएको द्वैध चरित्र र आन्तरिक अविश्वासको खाडल बढ्दै गएको छ । यसले सरकार परिवर्तनको संकेत चाहिँ गरेको छ । तर अहिलेकै अवस्थामा हेर्दा सरकारले गठबन्धनमा रहेका दलहरूको सल्लाहअनुसार नै भर्खर राजदूतहरू फिर्ता बोलाएको छ । ११ देशमा भागवण्डा गरिएको छ’, नेकपा माओवादीका एक पदाधिकारीले भने, ‘राजदूतलगायत सरकारबाट नियुक्त हुने विभिन्न पदहरूमा कसले कति पाउने भन्ने मुख्य बार्गेनिङ हो यसमा एमाले अघि देखिएको छ ।’

यो अवस्थामा कुरा नमिल्दा एमाले माओवादीबीच फेरि खटपट शुरु भएको छ भने रास्वपालाई एमाले नेतृत्वले यतिबेला सकारात्मक रुपमा लिएको छैन । ‘रास्वपा एमालेको ग्रिपबाट बाहिर रहन्छ त्यसपछि सरकार परिवर्तनको खेल शुरू हुने विषय सामान्य हो’, माओवादीका ती पदाधिकारीको दावी छ । शुक्रबार रास्वपाबारे ओलीको टिप्पणी एक शब्दको मात्रै थियो –रामै छ !

सत्ताको मुख्य सहयात्री दल एमाले नै सरकारका कामप्रति रुष्ट हुँदै आएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहेका सत्ता गठबन्धनका मुख्य खेलाडी एमाले अध्यक्ष ओलीले आगामी आर्थिक वर्ष २०८१–०८२ को बजेटलाई लिएर पटक–पटक कटाक्ष गर्दै आएका छन् । 

उनको कटाक्षपूर्ण अभिव्यक्तिपछि एमालेका अधिकांश सांसदहरूले सदनबाटै बजेटको चर्को विरोध गरेका छन् । यसले एमाले र माओवादी बीचको सम्बन्धमा दरार उत्पन्न भएको पुष्टि गरेको छ ।
 
 एमालेको असन्तुष्टि सत्ता परिवर्तनका लागि भरपर्दो माध्यम नभएको माओवादीको दावी छ । माओवादीका सचिव देवेन्द्र पौडेलले सरकार परिवर्तनबारे एमालेले अहिले नै सोच्न र सरकार ढालिहाल्ने अवस्था नभएको बताए ।

‘केही असमझदारी हुन्छन्, सरकार सञ्चालन गर्दा प्रधानमन्त्रीका असमझदारी होलान्, एमालेका होलान् अन्य दलका पनि होलान् तर यसलाई विस्तारै सबैले मिलाउँदै जाने हो, सहकार्य बलियो बनाउने हो, एमाले र माओवादीको समान धारणा अहिलेसम्म यही हो’, सचिव पौडेलले भने । 

नेपाली कांग्रेसले वर्तमान गठबन्धन शुरू भएदेखि नै एमाले, नेकपा एस र जसपासँग फरक फरक ढंगबाट छलफलहरू चलाउँदै आएको भए पनि सरकार ढलिहाल्ने अवस्थामा छैन । 

नेकपा एस बाहिर रहँदा पनि तत्काललाई सरकारकै पक्षधर दलहरुकै पल्लाभारी हुने अवस्था छ । ‘तर एमालेले सरकारमा बढी हस्तक्षेप गर्दै गए सरकार चाँडै जान पनि सक्छ’, माओवादीका ती पदाधिकारीको दाबी छ ।

नेकपा (एकीकृत समाजवादी) ले मुलुकको विकास र जनचाहना सम्बोधनका लागि आफ्नो दलले सरकारसँग सहकार्य गरेको बताउँदै आफ्ना कारणले सत्ता परिवर्तन नहुने बताए पनि एसका अध्यक्ष माधवकुमार नेपाल निरन्तर शेरबहादुर देउवाको सम्पर्कमा छन् । नेकपा एसको महाधिवेशन सकिएपछि अहिलेको सरकारसँग एसले सम्बन्ध कायम राख्ने सम्भावना निकै कमजोर रहेको छ ।

‘असारमा महाधिवेशन सकिएपछि यही सरकारमा बसिरहनु बाध्यकारी हुनेछैन’, माधव नेपालले देउवासँग बारम्बार यही भनाइ दोहोर्याएका थिए । एस सरकारबाहिर रहन सक्ने सम्भावना भएकै कारणले जसपालाई फुटाइएको स्रोतको दाबी छ ।

तर सरकारमा जो–जो पार्टी भए पनि एमालेकै अध्यक्ष ओली हावी भएपछि सहकर्मी दलहरु पनि आजित भएका छन् । सरकारमा महत्वपूर्ण मन्त्रालय नलिएको बहानामा संवैधानिक पदाधिकारीहरु र राजदूतमा एमाले नै हावी भएको छ । तर पनि सरकारसँग एमाले नै असन्तुष्ट रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ