arrow

कामु मुख्यसचिवको जिम्मेवारी लीलादेवी गड्तौलालाई 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १० सोमबार
liladevi-gadtaula-acting-cs.jpg

काठमाडौँ । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकी सचिव लीलादेवी गड्तौलालाई नै कामु मुख्य सचिवको जिम्मेवारी दिएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकी वरिष्ठ सचिव लीलादेवी गड्तौलालाई कामु मुख्य सचिवको जिम्मा दिएको हो ।

त्यस्तै सरकारले निलम्बित मुख्य सचिव बैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा विशेष पद सिर्जना गरेर सरुवा गर्ने भएको छ । अर्यालले राजीनामा नदिएपछि उनलाई विशेष पद सिर्जना गरेर योजना आयोगमा लगिएको हो ।

गड्तौलाले अब अर्को मुख्य सचिव नियुक्त नभएसम्म कामु मुख्य सचिवको जिम्मेवारी सम्हाल्ने भएकी छिन् ।

अर्याललाई मुद्दा लागेसँगै को को छन् मुख्यसचिवको दौडमा ?



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ