arrow

पहिरो हटाएपछि अवरुद्ध कर्णाली राजमार्ग  पुन:सञ्चालनमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १४ शुक्रबार
karnali-karidor-2081.jpg

कालीकोट । पहिरो हटाएपछि आज बिहानदेखि अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ । गए राति परेको वर्षाले पहिरो जाँदा कालीकोटको सिमानामा पर्ने शुभकालिका–१ दहीखोला र कालेखोला बीचको गगने खोलामा पहिरो गएको थियो । 

कालीकोट खण्ड अवरुद्ध हुँदा यो राजमार्ग भएर आवतजावत गर्ने सवारीसाधन शुक्रबार बिहानैदेखि आवतजावत बन्द भएको थियो । अहिले राजमार्ग खुलेपछि यातायातका साधन चल्न थालेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।  

पहिरो हटाएपछि अहिले राजमार्ग सुचारु  भएको जिल्ला  प्रहरी कार्यालय कालीकोटका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक  अर्जुन केसीले बताए । 

“कर्णाली राजमार्गको सबैतिरको पहिरो हटाएर सडक सञ्चालन आएको छ  ।” कर्णाली राजमार्ग हिउँदमा धुलाम्मे र वर्षातमा पहिरो जाने गर्दै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ