arrow
ADVERTISEMENT

नेकपा एसको दस्ताबेजलाई लिएर प्रचण्डले यसरी पोखे असन्तुष्टि [भिडियो]

एक ठाउँमा ठोक्किएर बसिराख्नु माक्सवाद नभई गडगडाउँदो नदी जस्तो भएर हुर्रिनु नै माक्सवाद 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १६ आइतबार
prachanda-03-16.jpg

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा (एकीकृत समाजवादी) को राजनीतिक दस्ताबेजमा आफूलाई अस्थिरताको कारक बनाएको भन्दै आपत्ति जनाएका छन् । आइतबार एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले विभिन्न राजनीतिक शक्तिहरूको मूल्याङ्कन गर्दा नेकपा (माओवादी केन्द्र) लाई नजिकको शक्ति र आफूलाई अस्थिर भनेको भन्दै आपत्ति जनाए ।

उनले राजनीतिक दलको भन्ने अधिकारमाथि प्रश्न उठाउने कुरा नहुने भन्दै पुनःविचार गर्न भने आग्रह गरे । उनले संघीय लोकतान्त्रिक गणतन्त्र आफू अलिकति अस्थिर नभएको भए सम्भव नरहेको पनि बताए । उनले आफू अस्थिर नभएको भए जनयुद्ध नै नहुने जिकिर गरे । 

उनले आफू केही अस्थिर भएकाले नै अहिले समृद्धिको अभियान चलेको दाबी गरे । उनले गतिशीलता भनेको के हो ? द्वन्द्वात्मक भौतिकवाद हरेक चिज निरन्तर परिवर्तनको प्रवाहमा हुन्छ, प्रक्रियामा हुन्छ भनेको के हो ? भन्दै प्रश्न गरे । उनले एक ठाउँमा ठोक्किएर बसिराख्नु माक्सवाद नभई गडगडाउँदो नदी जस्तो भएर हुर्रिनु नै माक्सवाद भएको बताए । उनले माक्सवाद जमेको पोखरी जस्तो नभएको बताए । उनले ठोस परिस्थितिको ठोस विश्लेषण गरेर परिस्थितिअनुसार निष्कर्ष निकाल्नु माक्सवाद भएको बताए ।

उनले भने, ‘तपाईँहरूले विभिन्न राजनीतिक शक्तिहरूको मूल्याङ्कन गर्दा हामीलाई अलि नजिकको शक्ति पनि भन्नुभएको छ । साथसाथै अलि बढी अस्थिर पनि भन्नुभएको छ । तपाईंहरुलाई त्यो भन्ने अधिकारमाथि म प्रश्न उठाउन चाहन्न । हरेक राजनीतिक पार्टीले अर्को राजनीतिक पार्टीलाई हेर्ने दृष्टिकोण आफ्नो बनाउन जरुरी पनि छ । तपाईँहरू बनाउनुस् । तपाईंहरुलाई जे बनाउन उचित लाग्छ, त्यो बनाउने अधिकार क्षेत्र भित्रको कुरा हो । आज नेपाल संविधान सभामा गयो । संघीय लोकतान्त्रिक गणतन्त्रमा गयो । शान्ति प्रक्रिया भयो । समृद्धिको अलि नयाँ अभियान चलेको छ । प्रचण्ड अलि अस्थिर नभएको भए हुँदैन थियो । प्रचण्ड अस्थिर नभएको भए जनयुद्ध पनि हुँदैन थियो । प्रचण्ड अलि अस्थिर इन्भटेट कमाको अस्थिर है फेरि साँच्चै अस्थिर नठान्नु । अस्थिर नभएको भए शान्ति प्रक्रिया पनि हुँदैन थियो । अस्थिर नभएको भए यो प्रक्रियामा हामी यहाँ आइपुग्ने पनि थिएनौँ । अर्को कोही छ ? म यो प्रश्नबारे तपाईँ सबै साथी हलाई गतिशीलता भनेको के हो ? द्वन्द्वात्मक भौतिकवाद हरेक चिज निरन्तर परिवर्तनको प्रवाहमा हुन्छ, प्रक्रियामा हुन्छ भनेको के हो ? किलो जस्तो एक ठाउँमा ठोक्किएर बसिराख्नु माक्सवाद हो की जमेको पानीको पोखरी जस्तो माक्सवाद हो की गडगडाउँदो नदी जस्तो भएर हुर्रिने माक्सवाद हो ? तपाईँ सबैले यो कुरा विचार गर्नुपर्छ । माक्सवाद जमेको पोखरी जस्तो होइन । एउटा कुरा भनेपछि भन्यो भन्यो होइन । ठोस परिस्थितिको ठोस विश्लेषण गरेर परिस्थितिअनुसार निष्कर्ष निकाल्नु माक्सवाद हो । हामी एक ठाउँमा बस्ने भन्ने हुँदैन । हामी दौडिरहेका हुन्छौँ ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ