arrow
ADVERTISEMENT

रवीन्द्र जडेजाले पनि लिए सन्यास

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १७ सोमबार
virat-kohli-ravindra-jadeja.jpg

काठमाडौँ । विश्वकप क्रिकेटको उपाधि जितेपछि भारतीय खेलाडीहरुले धमाधम सन्यास लिइरहेका छन् । भारतीय टोलीका कप्तान रोहित शर्मा र प्लेयर अफ द फाइनल पूर्व कप्तान विराट कोहलीले टी–२० अन्तर्राष्ट्रियबाट संन्यासको घोषणा गरेसँगै अलराउन्डर रवीन्द्र जडेजाले पनि सन्न्यासको घोषणा गरेका छन् । 

रवीन्द्र जडेजाले आफ्नो आधिकारिक सामाजिक सञ्जालबाट शनिबार आइसीसी टी–२० विश्वकप सन् २०२४ को उपाधि जितेपछि टी–२० अन्तर्राष्ट्रियबाट सन्न्यासको घोषणा गरेका हुन् । जडेजाले सन् २००९ को फेब्रुअरीमा श्रीलङ्काविरुद्ध टी–२० मा डेब्यू गरेका थिए । अलराउन्डरले कुल ७४ खेलमा २९ दशमलव ८५ को औसतका साथ ५४ विकेट लिन सफल भए ।

जडेजाले सन् २०२१ को आईसीसी टी–२० विश्वकपमा स्कटल्याण्डविरुद्ध चार ओभरको स्पेलमा मात्र १५ रन दिएर तीन विकेट लिएका थिए । अर्कोतर्फ, ब्याटका साथ उनको उत्कृष्ट प्रहार सन् २०२२ मा इङ्ल्यान्डविरुद्ध आएको थियो । उक्त खेलमा उनले २९ बलमा ४६ रन बनाउँदै भारतलाई ४९ रनले जिताउन मद्दत गरेका थिए । 

अर्शदीप सिंह, जसप्रित बुमराह र हार्दिक पाण्ड्याको डेथ बलिङको उत्कृष्ट प्रदर्शन र विराट कोहली र अक्षर पटेलको उत्कृष्ट प्रहारले भारतले दक्षिण अफ्रिकालाई सात रनले हराएर दोस्रो आईसीसी टी–२० विश्वकपको उपाधि जितेको छ ।

यसैबीच, भारतले सन् २०१३ मा च्याम्पियन्स ट्रफीपछि आफ्नो पहिलो आईसीसी उपाधि जित्दै ११ वर्ष लामो आईसीसी ट्रफी खडेरीको अन्त्य गरेको छ । भारत अपराजित हुँदै उपाधि कब्जा गर्ने पहिलो टोली भएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ