arrow

कर्णाली प्रदेशसभाः

प्रतिपक्षको अवरोधबीच बजेटमाथिको छलफल सकियो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १७ सोमबार
karnali-budget-2081-82.jpg

कर्णाली। प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधकैबीच कर्णाली प्रदेश सरकारको बजेटमाथिको छलफल सकिएको छ । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको चौथो अधिवेशनको आइतबार बसेको सोह्रौं बैठकमा बजेटमाथिको छलफल सकिएको हो । 

 सभामुख नन्दा गुरुङले बैठकको कारबाही प्रारम्भ गरेलगत्तै प्रतिपक्ष दल नेपाली कांगे्रसका प्रदेशसभा सदस्यहरुले उठेर बैठक विरोध जनाएका थिए । त्यसैबीचमा सभामुख गुरुङले दलको तर्फबाट धाराणा राख्न दिएपछि प्रदेशसभा सदस्य बेदराज सिंहले धारणा राखेका थिए । उनले प्रतिपक्षीले उठाएका विषयवस्तुहरु सम्बोधन गर्नुको साटो सदनलाई जबर्जस्त चलाउन खोजेको आरोप लगाए । 

सरकार र प्रतिपक्षीबीच छलफल नभई बैठक सञ्चालन भएको आरोप लगाउँदै सदस्य सिंहले विगतका सहमति कार्यान्वयन गर्न, वार्ता, छलफल र नागरिकलाई केन्द्रबिन्दुमा राखेर बजेट पारित गर्नुपर्नेमा जोड दिए । उनले सदनमा उब्जिएका विषयहरु समाधानोन्मुख हुँदा पनि ती विषयहरुमा समाधान गर्न नखोजिनु दुर्भाग्य भएको बताए । प्रतिपक्षीलाई बेवास्ता गरी सरकार अगाडि बढ्न खोजे सदन अगाडि बढ्न नदिने चेतावनी दिए । 

प्रतिपक्षीको धारणा सकिएलगत्तै सभामुख गुरुङले आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसीलाई सदनमा उठेका विषयहरुमाथि जवाफ दिन समय दिए । प्रतिपक्षी दल काँग्रेसले योजनामन्त्री केसीलाई रोष्ट्रममा जान अवरोध गर्‍यो । अवरोधका क्रममा मर्यादापालकहरुको सहयोगमा मन्त्री केसीले रोष्ट्रममा पुगेर सदनमा उठेका विषयमा जवाफ दिएा थिए ।

मन्त्री केसीले जवाफ दिएसँगै सभामुख गुरुङले आगामी आर्थिक वर्ष २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमान बजेटमाथिको सामान्य छलफल समाप्त भएको बताउँदै प्रदेशसभाको अर्को बैठक यही असार १७ गते दिउँसो ३ः०० बजेका लागि स्थगित भएको जानकारी दिइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ