arrow

प्रचण्ड र ओलीबीच फेरि वार्ता, देउवाले पदाधिकारी बैठक डाकेपछि छटपटी 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १७ सोमबार
oli-prachanda-meet.jpg
तस्बिर फाइल

काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज पनि भेटवार्ता भएको छ । दुई नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भेटवार्ता भएको हो । 

दुई नेताबीच आइतबार मात्र प्रधानमन्त्री कार्यालय सिंहदरबारमा कुराकानी भएको थियो । सत्ता फेरबदलको चर्चा चलिरहँदा  अध्यक्ष ओली बालुवाटार पुगेका हुन् । 

 

प्रधानमन्त्री निवासमा आज बिहान भएको छलफलमा उनीहरुबीच सरकार सञ्चालनलाई थप प्रभावकारी बनाउने विषयका अतिरिक्त मुलुकको समसामयिक राजनीतिक अवस्थाबारे छलफल भएको प्रधानमन्त्रीका सञ्चारविज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिए ।

यसअघि शनिबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच ओली निवास बालकोटमा भेटवार्ता भएपछि राजनीतिक वृत तरङ्गित भएको छ । 

ओलीसँगको भेटपछि देउवाले आज कांग्रेस पदाधिकारी बैठक बोलाएका छन् । मूल विषयमा सहमति भएमा सरकार कसरी चलाउने भन्नेमा पनि दुई दलबीच करिब–करिब समझदारी भएको कांग्रेस स्रोतको दाबी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ