arrow

निजी विद्यालयको छात्रवासमा विद्यार्थीमाथि निर्घात कुटपिट, शिक्षक पक्राउ

logo
तर्कराज भट्ट, 
प्रकाशित २०८१ असार १७ सोमबार
cambridge-school-dadeldhura.jpg


 डडेल्धुरा । डडेल्धुराको एक निजी विद्यायलको छात्रवासमा विद्यार्थीमाथि निर्घात कुटपिट भएको पाइएको छ ।

अमरगढी नगरपालिका–५ मा रहेको क्याम्ब्रिज पब्लिक स्कूलको छात्रवासमा रहेका दुई जना विद्यार्थीहरुलाई एक शिक्षकले कुटपिट गरेर घाइते बनाएका हुन् । घाइते विद्यार्थीको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

गृहकार्य नगरेको भन्दै विज्ञान विषयका शिक्षक महेश नाथले होस्टेलमा रहेका विद्यार्थीलाई कुटेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी प्रवक्ता वीरबहादुर थापाले बताए । 

यस विषयमा विद्यालयका प्रिन्सिपल हर्केश साँकीले कुनै प्रतिकृया दिन मानेनन् । विद्यार्थी कुट्ने शिक्षक अहिले प्रहरीको नियन्त्रणमा छन् । 

घाइते हुनेमा सिगास गाउँपालिका २ बैतडी घर भएका १२ वर्षका भुपेन्द्र धामी र डडेल्धुराको अमरगढी नगरपालिका ३ का १३ वर्षका विद्यार्थी बिवेक बोहरा रहेको प्रहरीले जनाएको छ ।

होस्टेलको गेट बन्द गरेर विद्यार्थीहरुलाई कुटपिट गरेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ